विश्वमा एकै दिन थपिए ८५ हजार नयाँ कोरोना संक्रमित, ५३ सय बढीको मृत्यु
वीरगंज संजाल
३१ बैशाख २०७७, बुधबार ०८:१७
२१०३
काठमाडौं | विश्वभर कोरोना संक्रमितको संख्या ४२ लाख ५५ हजार १ सय ९४ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १३ लाख ६७ हजार ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ
त्यस्तै, रुसमा २ लाख ३२ हजार २ सय ४३, स्पेनमा २ लाख २८ हजार ३०, बेलायतमा २ लाख २७ हजार ७ सय ४०, इटालीमा २ लाख २१ हजार २ सय १६, फ्रान्समा १ लाख ७८ हजार ३ सय ४९, ब्राजिलमा १ लाख ७७ हजार ६ सय २ मा संक्रमण पुष्टि भएको छ।
विश्वभर २ लाख ९१ हजार ३ सय ६६ को कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ८२ हजार २ सय ४६ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३२ हजार ७ सय ६९, इटालीमा ३० हजार ९ सय ११, फ्रान्समा २६ हजार ९ सय ९४, स्पेनमा २६ हजार ९ सय २०, ब्राजिलमा १२ हजार ४ सय ४ जनाको मृत्यु भइसकेको छ।
विश्वभर १४ लाख ८८ हजार ४ सय ९४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख ३० हजार २ सय ८७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, १ लाख ४७ हजार २ सय, स्पेनमा १ लाख ३८ हजार ९ सय ८०, इटालीमा १ लाख ९ हजार ३९ जना संक्रमणमुक्त भइसकेका छन्।
नेपालमा पनि २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार मात्रै ८३ जनामा संक्रमण पुष्टि भएको थियो।
नेपालमा संक्रमितमध्ये ३३ जना संक्रमणमुक्त भएका छन्।