काठमाडौं | मुलुकमा गाँजा खेती प्रतिबन्धित छ । तर यस्तो अवस्थामै गाँजा खेती गर्न सांसदले नै बजेट माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले गाँजा खेती विस्तारका लागि मार्ग प्रशस्त गरी बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
सांसद खतिवडाले प्रतिनिधिसभामा मंगलबार भएको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफलमा गाँजा खेतीले अर्थतन्त्रमा टेवा पुर्याउन सक्ने उल्लेख गर्नुभयो । कोरोना भाइरसले अर्थतन्त्रमा ठूलै असर पार्ने प्रष्ट्याउँदै किसानलाई गाँजा खेतीतर्फ प्रेरित गनुपर्ने बताउनुभयाे ।
‘मान्छे हाइड्रो पावरका कुरा गर्छन के गर्छन् त्यो सिमित व्यक्तिको हातमा पैसा जाला देशमा राजस्व पनि आउला त्यो राजस्व छरिएर जाँदा गाउँमा पनि पुग्ला’ उहाँले भन्नुभयो, ‘तर प्रत्येक किसानको हातमा पैसा पुग्ने भनेको गाँजा खेती हो ।
त्यसतर्फ यहि अधिवेशनबाट केही न केही गर्न सकियो भने जुन अहिले आर्थिक स्थिति डामाडोल भयो भनेका छौँ त्यसलाई यसले राम्रो राहत दिन्छ भन्ने मेरो विश्वास हो । यस्तो बेलाको सदुपयोग गरौँ मेरो अनुरोध छ । सामान्य ढंगले नलिन आग्रह गर्छु ।’
प्रतिबन्धित गाँजा खेती फुकुवा गरे विदेशबाट फर्किने लाखौ नेपालीको व्यवस्थापनमा समस्या हुन सक्ने उहाँको भनाई छ ।