• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / अन्तर्वार्ता

    वीरगन्ज महानगरका मेयर भन्छन् ‘महामारीमा संघ र प्रदेशले सहकार्य त गरेका छैनन्,

  • वीरगंज संजाल
  • ३० बैशाख २०७७, मंगलवार ०६:३८
  • ५७१७

    वीरगंज | कोरोना भाइरससँग जुध्न वीरगन्ज महानगरपालिकाले अहिलेको अवस्थामा गर्नुपर्ने मुख्य तीनवटा काम गरिरहेको छ । पहिलो, संक्रमण फैलन नदिनका लागि स्थानीय बासिन्दालाई विभिन्न माध्यमले चेतना फैलाउने र जगाउने, दोस्रो– लकडाउनमा घरघरमा मान्छेलाई कसरी सुरक्षित राख्ने र तेस्रो– शंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन । त्यसका लागि स्वाब परीक्षण गर्न स्वास्थ्यकर्मी फिल्डमै रहेका छन् । साथै, वीरगन्जमा अझ थप संक्रमण हुन नदिन महानगरपालिका सकेसम्म लागिपरेको छ ।

     

    यससँगै वीरगन्ज महानगरपालिकामा लकडाउनबाट प्रभावित परिवारलाई राहत वितरण गरिरहेका छौँ । क्वारेन्टाइन रेखदेखका लागि नेपाली सेनालाई जिम्मा दिएका छौँ । महानगरपालिकाका विभिन्न ठाउँमा स्यानिटाइज गरिरहेका छौँ । क्षमताअनुसार वीरगन्ज महानगरपालिकाले काम गरिरहेको छ । महानगरवासीले पनि आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिए यो महामारीबाट जोगिन सकिन्छ ।

     

    विपत्को समयमा संघ र प्रदेश सरकारले कतिको सहयोग गरिरहेका छन् ?

     

    कोरोनाबाट जोगाउन महानगरपालिकाको क्षमताअनुसार गर्न सक्ने काम गरिरहेको छ । तर, सबै काम गर्न सक्ने क्षमता महानगरको छैन । यसका लागि संघ र प्रदेश सरकारले गर्नुपर्ने सहयोग अहिलेसम्म देखिएको छैन । कोरोना भाइरस फैलन नदिन महानगरपालिकामा गर्नुपर्ने काममा करोडौँको खर्च छ । तर, यो महामारीमा संघ र प्रदेश सरकारले सहकार्य त गरेको छैन, सहयोग कहाँबाट हुन्छ ! कसैको पनि सहयोग व्यवहारमा देखिएको छैन । केही दिनअघि प्रदेश सरकारले २५ लाख सहयोग गरेको छ । तर, स्थानीय प्रशासनले मनोमानी तरिकाले काम गरिरहेका छन् । यस्तो अवस्थामा सहकार्यको आवश्यकता देखिएको छ । सरकारबीच सहकार्य र सहयोग भएन भने महामारीले ठूलो रूप लिन सक्छ ।

     

    महानगरभित्र स्वास्थ्य सामग्रीको अभाव छ । यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ ? 

     

    महानगरपालिकामा सुरुको समयमा स्वास्थ्य सामग्रीको अभाव भएको थियो । अहिले पनि कोरोना परीक्षण गर्ने सामग्रीको अभाव छ । त्यसको परीक्षणका लागि पर्याप्त मात्रामा उपकरण छैन । वीरगन्जमा सामान्य उपचारका लागि स्वास्थ्य उपकरणको अहिले अभाव देखिएको छैन । कोरोनाका शंकास्पद व्यक्तिलाई परीक्षण गरिएको छ । अब महानगरका धेरैभन्दा धेरै नागरिकलाई कोरोना परीक्षण गर्ने समय भएको छ । अब संघीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।

     

    कोरोनाको उपचारका लागि कसरी तयारी गरिरहनुभएको छ ?

     

    हामीले यहाँका निजी अस्पताललाई लिएर कोरोना उपचार गर्ने अस्पताल बनाउने प्रयास गर्दै थियौँ । तर, संघीय सरकारको निर्देशनले नारायणी अस्पताल कोरोना उपचार गर्ने अस्पताल तोकिएको छ । जसका कारण सरकारी अस्पतालमा आउने बिरामी निजी अस्पतालमा पुग्ने भएकाले भनेअनुसार सेवासुविधा लिन सकिँदैन । महामारीका समयमा पहिले आफ्नो अस्पताल कोरोनाका बिरामीको उपचारमा दिन अगाडि बढेका व्यक्ति पनि अहिले पछाडि सरेका छन् । संघले गर्दा यसमा स्थानीय तह र स्थानीय प्रशासनको योजना असफल भएको छ ।

     

    सामान्य अवस्थाका बिरामी नारायणी अस्पतालले नेसनल मेडिकल कलेजसँग सहकार्य गरेर पठाएकाले धेरैलाई यो सूचना नभएकाले समस्या भएको गुनासो बढेको हुन सक्छ । महानगरपालिकाले आफ्नो मातहतमा कोभिड अस्पताल बनाउन टेन्डर खोलेका छौँ । केही अस्पतालले टेन्डर भरेका छन्, अन्य अस्पताललाई पनि टेन्डर भर्न आग्रह गरेका छौँ । जति अस्पतालले टेन्डर भर्छन्, सबैलाई प्राथमिकतामा राखेर कोरोना उपचार अस्पतालको रूपमा प्रयोग गर्ने तयारी अगाडि बढाएका छौँ ।

     

    महानगरका निजी तथा सरकारी अस्पतालमा सामान्य ज्वरोदेखि अन्य रोगीको उपचार नपाएको गुनासो आएका छन् । कसरी सेवा प्रवाह गर्ने व्यवस्था गर्नुहुन्छ ?

     

    विगतको समयमा सामान्य ज्वरोदेखि अन्य रोगीको उपचार नपाएको गुनासो आएका थिए । अहिले त्यस्तो कुनै गुनासो छैन । सुरुआतमा अस्पतालको लापरबाही थिएन, बाध्यता थियो । किनभने, जाँचका लागि उपकरण अभाव थियो । बिरामीलाई हेर्नका लागि पिपिई नभएको व्यापक रूपमा गुनासो आएपछि महानगरपालिकाले सहयोग गरेको छ । हामीले सहयोग उपलब्ध गराएपछि सबै अस्पतालले सबै प्रकारका बिरामी लिइरहेका छन् । अहिले सबै अस्पतालले सबै प्रकारका बिरामीको उपचार गरिरहेका छन् । अब गुनासो आउँदैन भन्नेमा विश्वस्त रहेका छौँ ।

     

    कोरोना परीक्षणका लागि प्रदेश सरकारले वीरगन्जमा मेसिन जडान गर्ने भनेको थियो । के हुँदै छ ?

     

    भारतसँगै जोडिएकाले बढी जोखिममा रहेका बारा, पर्सा, रौतहटलगायतका बिरामी स्वास्थ्य उपचारका लागि वीरगन्ज आउँछन् । तर, प्रदेश सरकारले वीरगन्जलाई छाडेर जलेश्वरमा मेसिन जडान गरेको छ । जुन कि अहिले जलेश्वरमा आवश्यक देखिएको छैन । संघीय र प्रदेश सरकारले जति कुरा गरेका हुन्छन्, त्यति पूरा गर्दैनन् ।

     

    अहिले त्रिभुवन विश्वविद्यालयबाट बुधबार नारायणी अस्पतालमा मेसिन आएको छ । संघीय र प्रदेश सरकारले किनेर पठाएको होइन । उहाँहरूले सहयोग लिएर पठाउनुभएको होला । वीरगन्जमा परीक्षणका लागि आवश्यक मेसिन आए पनि अहिलेसम्म सञ्चालन भएको छैन । अब हेरौँ, कहिलेदेखि सञ्चालन हुन्छ । यो सञ्चालनमा आए भरतपुर महानगरपालिकाजस्तै परीक्षण गर्न सकिन्थ्यो, राम्रो हुन्थ्यो ।

     

    यो महामारीमा सिडिओलगायत संघमातहत रहेका कर्मचारीसँग कतिको समन्वय भएको छ ?

     

    विपत्का समयमा सबैले आ–आफ्नो क्षेत्रमा काम गरिरहेका छन् । तर, एक–अर्काबीच समन्वयको धेरै अभाव छ । स्थानीय तहलाई जानकारी नभएको काम उहाँहरू आफैँले गरेपछि समस्या भएको छ । स्थानीय तहको कार्यक्षेत्र आफ्नो छ, संघ र प्रदेश सरकारको आफ्नै छ । जुन एक–अर्काबीच फरक–फरक रहेको छ । यहाँ आएर समन्वयको आवश्यकता भए पनि समन्वय देखिएको छैन । ताजा उदाहरण, वीरगन्ज महानगरपालिकामा केही दिनअघि संक्रमण देखियो । त्यसले वीरगन्जवासी त्रासमा छन् । तर, स्थानीय तहसँग सहकार्य र समन्वय नगरेर लामो समयका लागि त्यो क्षेत्र सिलबन्दी गरिएको छ । अहिले स्थानीय तहका जिम्मेवार व्यक्तिलाई पनि प्रवेश गर्न दिइएको छैन । त्यसकारण जनतालाई समस्या हुन नदिन सहयोग र समन्वयको आवश्यकता देखिएको छ ।

     

    उपभोग्य वस्तुको अभाव हुन नदिन आपूर्ति व्यवस्था, कालोबजारी नियन्त्रण र गरिब मजदुरलाई भोकै बस्न नदिन कसरी काम गरिरहनुभएको छ ? 

     

    उपभोग्य वस्तु अभाव हुन नदिन र कालोबजारी रोक्न काम गरिरहेका छौँ । आपूर्ति कम भएपछि कालोबजारी बढ्नु स्वाभाविक हो । सहज गराउनका लागि वातावरण नबनेपछि व्यवस्थापनमा समस्या हुनु स्वाभाविक हो । यो समयमा स्थानीय प्रशासनले मनोमानी गरेर काम गरेपछि आपूर्ति व्यवस्थापनमा समस्या भएको छ । बजारमा सामग्री आउँदैन भने बजारको सामग्री कति पुग्छ । त्यो सबै सकिने अवस्थामा पुगेकाले कालोबजारी बढेको गुनासो आइरहेको छ । यसमा स्थानीय प्रशासनलाई बजारमा सामग्री अभाव हुन नदिन स्थानीय तहसँग सहकार्यको आवश्यकता देखिएको छ ।

     

    त्यस्तै, लकडाउनमा प्रभावित परिवारलाई राहत वितरण गरिरहेका छौँ । प्रभावित परिवारलाई रोजगारी दिन सकिँदैन । तर, लकडाउन रहुन्जेल महानगरपालिकाले आवश्यकता भएका परिवारलाई राहतबापतको खाद्यान्न सामग्री वितरण गर्न सक्छ । लकडाउन भएको तेस्रो दिनदेखि महानगरपालिकामा राहत वितरण भएको छ । अहिले वीरगन्ज महानगरपालिकामा लकडाउनबाट प्रभावितमध्ये एक लाखभन्दा बढी व्यक्ति रहेका छन् । यसमा सबैलाई सहयोग गर्न आवश्यक देखिएको छ । साथै, यसमा केही राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट राहतमा राजनीतिकरण भएको छ । त्यो तरिकाले राहत वितरण भए अगामी दिनमा अझ ठूलो समस्या देखा पर्छ । यो अवस्था कहिलेसम्म रहन्छ, यकिन छैन । त्यसैले महामारीमा सबै संयमित हुन आवश्यक छ ।

     

    वीरगन्जमा संक्रमण देखिएका व्यक्तिको अवस्था कस्तो छ ? 

     

    दुई साताभन्दा बढी बसेका जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जवासीमा डर, त्रास पैदा भएको छ । लामो समयसम्म जमाती बसेकाले कस—कसलाई लागेको छ भन्ने विषयमा धेरै अनभिज्ञ छन् । तर, अहिले मुस्लिम धर्मावलम्बीका अधिकांश व्यक्तिले कोरोना परीक्षण गर्न आफैँ अघि सरेर सहयोग गरिरहेका छन् । सुरुसुरुमा स्थानीय प्रशासनले गर्ने काममा केही असहयोग भएको थियो । अहिले विभिन्न ठाउँका मुस्लिम धर्मावलम्बीका जमातीहरू भेटेका व्यक्तिले सहयोग गरेका छन् । अब यस्तो अवस्थामा वातावरण अलिकति सहज भएको छ । साथै, यो महामारीमा लकडाउनलाई आ–आफ्नो क्षेत्रबाट सुरक्षित रूपमा सहयोग गर्न वीरगन्जवासीलाई आग्रह गर्दछु|nayapatrika

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑