काठमाडौंको माइतीघरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन
वीरगंज संजाल
२९ बैशाख २०७७, सोमबार १६:४३
३३०३
काठमाडौं | काठमाडौंको माइतीघरमा एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जनाएका छन् ।
आज (सोमबार) माइतीघरमा भारतले लिपुलेकमा नेपाली क्षेत्रमा सडक बनाएको विरोधमा माइतीघरमा राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले प्रधानमन्त्री ओलीको पुत्ला जनाएका हुन् ।
यसैक्रममा प्रहरीले ३० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले लकडाउनको पालना नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताए । पक्राउ परेका सबैलाई पुलिस क्लबमा राखिएको छ ।