सर्लाही | मोटरसाइकल लुटपाट गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बागमती नगरपालिका-३ बस्ने २५ वर्षीय सुवास घलान समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले बागमती नगरपालिका-४ क्षेत्रीय बाटोमा बरहथवा नगरपालिका-२ बस्ने २७ वर्षीय पुरुषले चलएको ना.२९ प ९७३० नम्बरको मोटरसाइकल लुटपाट एवम् चालकलाई कुटपिट समेत गरेका थिए।
ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।