विराटनगर | उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।
दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पतालले जानकारी दिएकाेछ ।
यससँगै शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ । शनिबार बिहान मात्र उदयपुरका तीन, कपिलबस्तुका तीन र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तीनैजना महिला विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र भर्ना भएका छन् । संक्रमण पुष्टि भएका १८,४५ र ६५ वषर्ीया महिलामा शनिबार दिउँसो अस्पताल भर्ना भएको मेसु मिश्राले जानकारी दिइन् ।