वीरगंज । देशका छुट्टाछुटै स्थानमा गरी ३ जना मृत अवस्थामा फेला परेका छन् । गुल्मी, दोलखा र सुर्खेतमा तीन जना मृतावस्थामा फेला परेका हुन्।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बगाउने बस्ने टेक बहादुर घर्तीको घरमा बस्दै आएकी बाग्लुङ गालकोट नगरपालिका–३ हटिया घर भएकी ११ वर्षीया सरिता विक आफ्नै कोठामा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी दोलखाको शैलुङ गाउँपालिका-५ स्थित गोरेटो बाटोमा सोही गाउँपालिका-५ घ्याङडाँडा बस्ने ४९ वर्षीय कृष्ण बहादुर कार्की शुक्रबार दिउँसो मृत अबस्थामा फेला परेका छन् ।
यसैगरी सुर्खेतको चपुरी नगरपालिका-९ राग बस्ने ७५ वर्षीया खगिसरा पौडेलको घरदेखि अन्दाजी ३ सय ५० मिटर टाढा रहेको तलाउमा डुबेर मृत्यु भएको छ । उनी मृत अवस्थामा शनिबार बिहान फेला परेकी थिइन् ।
तीन वटै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।