प्रदेश २ सरकारलाई २ सय ६३ थान पीपीई लगायतका स्वास्थ्य सामग्री प्रदान
वीरगंज संजाल
२६ बैशाख २०७७, शुक्रबार १२:५८
२४१९
जनकपुरधाम | सेभ द चिल्ड्रेनले प्रदेश २ सरकारलाई कोरोना भाईरसको संक्रमण नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यका साथ २ सय ६३ थान व्यक्तिगत सुरक्षा सामग्री तथा अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
सेभ द चिल्ड्रेनले व्यक्तिगत सुरक्षा सामग्री तथा अत्यावश्यक स्वास्थ्य सामग्री सामाजिक विकास मन्त्री नवल किशोर साह र मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेको उपस्थितीमा हस्तान्तरण गरेको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री साहले सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले कोरोनाको संक्रमण रोक्न प्रदेश सरकारले सञ्चालन गरेको प्रर्वद्धनात्मक,निरोधात्मक तथा उपचारात्मक अभियानमा सहयोग पुग्ने बताए ।
हस्तान्तरण कार्यक्रममा सेभ द चिल्ड्रेनका पुर्वाञ्चल फिल्ड कार्यालयका सहनिर्देशक डाक्टर अजयकान्तले प्रदेश २ मा कोरोना संक्रमणको बढ्दो संख्या पुष्टी भएसँगै धेरै मानिसहरुमा परिक्षण र उपचारको आवश्यकता भएकाले आफुहरुको प्राथमिकता यस महामारीको नियन्त्रणमा प्रदेश सरकारलाई आवश्यक सहयोग गर्नु रहेको बताए ।