लकडाउन उल्लघन गरेको आरोपमा नेकपा नेता तारा कार्की पक्राउ
वीरगंज संजाल
२६ बैशाख २०७७, शुक्रबार १२:४७
३२७७
बारा |बाराको सिमराबाट लकडाउन उल्लघन तथा समाजिक सञ्जालमा टिकाटिप्पणी गरेको आरोपमा एकजना नेकपा नेतालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का तारा कार्कीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका नेकपा नेता कार्कीलाई मंगलबार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ मा राहत वितरण गरिएको बिषयलाई लिएर वडामाथि सामाजिक सञ्जालमा बिभिन्न किसीमको टिकाटिप्पणी गर्न थालेपछि वडा कार्यालयको निवेदनमा ईलाका प्रहरी कार्यालय सिमराले रामबनबाट नेकपा नेता कार्कीलाई पक्राउ गरिएको थियो ।
वडा नं. ३ का वडा अध्यक्षसंग पक्राउ परेका नेकपा नेता कार्कीले आफनो गल्ती भएको भन्दै माफीमागेपछि मंगलवार छोडिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपि गोबिन्द पुरीले जानकारी दिए । नेता कार्कीले छुटेको खुसीमा मंगलवार लकडाउनको उल्लघन गरी रयाली निकाली वडा नं.३ का वडाअध्यक्षको बारे भ्रामक सन्देश तथा भाषण गरेको आरोपमा वडा कार्यालयले बुधवार फेरी उजुरी दिएपछि नेपका नेता तारा कार्कीलाई नियन्त्रणमा लिएको प्रमुख डिएसपि पुरीले साझेदारीलाई जानकारी दिएका छन ।
नेता कार्कीलाई नियन्त्रण राखेको र कार्कीलाई करवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा चिठी पठाइएको छौ बिहिवार दे आदेश प्रमुख जिल्ला अधिकारीको आउछ सो बमोजिम कार्कीलाई करवाहीको लागि प्रकृया बढाउने ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपि गोबिन्द पुरीले बताए । पक्राउ परेका कार्की जनजागरण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हो ।