बारा | सन्नी |बारा सुन चाँदी व्यवसायी संघ र नेपाल सोनार समाजको सयूक्त सयोगमा मंगलवार आफ्नो जातीका करिब चार सय परिवारलाई एक कार्यक्रमका बीच राहत वितरण गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले करिब ४३ दिनदेखी लगाएको लकडाउनका कारण विहान बेलुका छाकटार्न समस्या भएका परिवारहरुलाई बारा सुन चाँदी व्यवसायी संघ र नेपाल सोनार समाजको सयूक्त सहयोगमा राहत वितरण गरेको हो बारा सुन चाँदी व्यवसायी संघ अध्यक्ष शिव सर्राफले साझेदारीलाई बताए ।
सोनार जातीका चार सय परिवारलाई प्रतिपरिवार २० किलो चामल, २ किलो आलु, २ किलो दाल, १ किलो नुन,आधा लिटर तेल,१ किलो चिनी,सोयबीन,साबुन र सर्फ वितरण गरिएको सोनार समाज विजय स्वर्णकारले जानकारी दिए ।
कलैया उपमहानगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष हरिओम साहको उपस्थितीमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न गरिएको हो । वितरण कार्यक्रममा संघका अध्यक्ष शिव सर्राफ, विजय स्वर्णकार लगायतको उपस्थिति रहेको थियो ।