भारतबाट बैतडी भित्रिएका ६०९१ मध्ये ११२० को मात्रै कोरोना परीक्षण, अरुका लागि किट अभाव
वीरगंज संजाल
२६ बैशाख २०७७, शुक्रबार ११:२२
२१६७
विरग्ंज । बैतडीमा भारतबाट भित्रिएका ६ हजार ९१ जनामध्ये १ जार १ सय २० जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । गएको चैत्र १ गतेदेखी वैशाख तेश्रो साता सम्म उनीहरु नेपाल भित्रिएका हुन् ।
लकडाउन पछि मात्रै भारतबाट २ हजार ९२ जना जिल्ला भित्रिएका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
कतिपयलाई प्रशासन आँफैले सीमा नाकाबाट उद्धार गरेको हो भने केही नागरिक ट्युब मार्फत महाकाली तरेर जिल्ला भित्रिएका हुन् । लकडाउनपछि जिल्ला भित्रिएकाहरु मध्ये पनि एक हजार भन्दा धेरै नागरिकको कोरोना परीक्षण गर्न बाँकी रहेको छ ।
भारतबाट फर्किएका सबै नागरिकको कोरोना परीक्षण गर्ने कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण जिल्ला संयन्त्रको बैठकले निर्णय गरेको भएपनि आरडीटी कीटको अभावमा सबैको परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।