• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज विश्व रेडक्रस दिवस

  • वीरगंज संजाल
  • २६ बैशाख २०७७, शुक्रबार ०६:५३
  • ६९३३

    वीरगंज | तपाईंहरुलाई ईसं १८२८ को मे ८ को दिनमा लैजान चाहन्छौ, त्यस दिन यूरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ती पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वब्यापी परोपकारी संस्थाका संस्थापक यी महान ब्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, सर्मपण अनि सद्भाव ब्यक्त गर्दछ ।

    हेनरीलाई एकजना लेखकका रुपमा पनि चिनाउन चाहन्छौ किनभने यिन्ले सन् १८५९ मा लेखेको पुस्तक ( मेमोरी अफ सोल्फेरिनो ) अत्यन्त हृदयश्पर्शी यात्रा संस्मरण हो । सोल्फरिनो भन्ने ठाँउ अहिलेको ईटलीमा पर्दछ, यूरोपको यस ठाँउमा यूद्धताका हेनरी कामको सिलसिलामा पुग्दा रगताम्य सिपाही, घाईते अनि मृतकहरुको दर्दनाक अवस्था प्रत्यक्ष देखेका थिए, यहि यात्राले उनलाई विश्व परोपकारकालागि रेडक्रस जस्तो अभूतपूर्व संस्था सन् १८६३ मा रेडक्रसको अन्तराष्ट्रिय कमीशन अर्थात् आईसीआरसीका रुपमा शुरुवात गर्न प्रेरित गर्यो ।

    रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरुमा घाईतेहरुको उद्धार रहेको छ । यो संसारले धेरै यूद्धहरु खेपेको छ, रक्तपातको ईतिहास बोकेको छ अनि हरेक यूद्धमा कैंयनका सख्यामा घाईतेहरु उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यक्तालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९२ भन्दा बढी देशहरुमा कार्यरत छ । नेपालमा पनि हामीहरुले पढेका अधिकांश विद्यालयदेखिनै स्वयमसेवा अनि मानवताको मूल्यलाई आत्मसाथ गर्दै रेडक्रसको जुनियर रेडक्रस अनि यूवा रेडक्रस सर्कलमा हामीहरु आफै धेरैजना सक्रिय भएका हुनसक्छौं ।

    रेडक्रसका मुख्य सिद्धान्तहरु सातवटा रहेका छन् जून यसप्रकार छन्ः
    १) मानवता
    २) निष्पक्षता
    ३) तठस्तता
    ४) स्वतन्त्रता
    ५) स्वंसेवा
    ६) एकता
    ७) सर्वब्यापक्ता ।

    पहिलो र दोश्रो विश्वयूद्धताका रेडक्रसले पूर्याएको योगदान बयान गरि साध्य छैन्, विश्वको मानवसेवा ईतिहासमा रेडक्रसले पूर्याएको योगदान स्वर्ण अक्षरले ईतिहासका पानामा कुदिएको छ ।

    यसरी हेनरी ड्यूनान्टले १८औँ शताब्दीमा देखेका सपना अनि त्यसका खाकाहरु आज संसारभरि मानव सेवाकालागी कहलिएको छ । कहिलेकाँही रेड क्रसलाई क्रस भएकै कारणले क्रिस्चीयन उन्मुख धर्ममुखी संस्थाका रुपमा पनि ब्याख्या गरिन्छ, सेवा र धर्मलाई एकठाँउमा मिसाउनु गलत हो तथापि रेडक्रस मा क्रस भएकै कारणले संकुचीत विचार ल्याउनु र आरोप लगाउनु राम्रो भने कदापी हैन ।

    आफन्त विरामी परेर रगतको अभावमा रगत लिन लाईनमा बस्दा रेडक्रसप्रति नतमस्तक भईन्छ, एम्बुलेन्सले जीवन बचाउँदा रेडक्रसका एम्बुलेन्सलाई प्राणरक्षक मानिन्छ अनि अन्य थुप्रै कुराहरु छन् रेडक्रसका सेवाका आयामहरुका रुपमा ।

    विश्वयुद्ध ताका बमवर्षक विमानहरु, यूद्धपोतहरु अनि सैन्यदस्ताहरु एकअर्काको रगतको प्यासी भएर यूद्धरत हुँदा रेडक्रस को चिह्न उल्लेखित छाना, घर र अस्पतालहरुमात्र यस्ता ठाँउ थिए जहाँ दुबैपक्षका सिपाहीहरुले निष्पक्ष उपचार पाँउथे । आज पनि यूद्धका समयमा संसारभरि रेडक्रस को उपस्थितीलाई अपरिहार्य र विना संकोच यूद्धका पक्षहरुले लिन्छन् ।

    हेनरी ड्यूनान्टको मानव सेवाका सपनाको साकारोक्ती रेडक्रस सँग जोडिएर अन्य थूप्रै नामहरुका अतुलनीय योगदानहरु पनि आउँदछन्, मानव सेवाकालागि जीवन सर्मपण गर्ने रेडक्रसका संसारभरका स्वयमसेवक अनि नेतृत्वलाई नमन छ । पछिल्ला समयमा रेडक्रसलाई केही आर्थिक पारदर्शिताका हिसाबले उत्ति पारदर्शी नभएको आरोप पनि संसार भरि लाग्न थालेको छ, निष्पक्ष सेवाभाव भएको यो शताब्दी भन्दा धेरै वर्ष पुरानो मानव आस्थाको संस्थामा ब्यापार नछिरोस्, संसारलाई रेडक्रसको आवश्यक्ता छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑