सन्नी | जीतपुर | बिना हावाहुरी अचानक स्थानियको घरमा टावर खस्दा स्थानियको घर सहित टावरमा लाखौ मुल्य बराबरको क्षती भएको हो ।घटना घटेसंगै ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक सहित जीतपुरसिमराका सम्बन्धित वडा अध्यक्ष र नेपाल टलिकम सिमरा शाखाका ब्यक्तिहरुले त्यस क्षेत्रको अवस्थाबारे स्थलगत |
टावर, जडान समाग्री र प्राविधिक गरी करिब ६० लाख मुल्य बराबरको क्षती भएको नेपाल टेलिकम सिमरा शाखाका विरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
टावरका कारण स्थानिय नरेश पाठकको घर क्षती भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । उहाँले ५० वर्ष पुरानो टावर फेर्ने समय भएको कारणले खसेको हुन सक्ने जानकारी दिनुभएको छ ।