वीरगंज | सरकारले सीमा नाका र हवाई उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय र राष्ट्रिय हवाई उडान लगाएको प्रतिबन्धलाई बढाउँदै जेठ १८ गतेसम्म पुर्याएको हो ।
छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका पनि जेठ १८ सम्म बन्द गर्ने र थप कडाई गर्ने निर्णय बैठकले गरेको छ ।
यसअघि यो प्रतिबन्ध जेठ २ गतेसम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द गर्ने निर्णय गरेको हो ।
यसैगरी सरकार भोलि वैशाख २५ गते परेको बुद्ध जयन्तीका अवरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न पनि आमनागरिकहरुलाई आग्रह गरेको छ ।