• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रयोगशालाको दैनिक क्षमता ३ हजार, परीक्षण ३ सय मात्र

  • वीरगंज संजाल
  • २४ बैशाख २०७७, बुधबार ०९:२२
  • २९५१

     वीरगन्ज |  नेपालमा कोरोनाभाइरसको पिसिआर परीक्षण गर्ने १६ वटा प्रयोगशाला छन्। यी प्रयोगशालाबाट दैनिक ३ हजार व्यक्तिको परीक्षण गर्न सकिन्छ।

    १६ वटा प्रयोगशालामध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र दैनिक ८ सय नमूनाको परीक्षण गर्नसक्छ। प्रयोगशालाकी निर्देशक डाक्टर रूना झाका अनुसार जनशक्ति र श्रोत व्यवस्थापन गरेर परीक्षणलाई बढाएर १५ सय पुर्‍याउन सकिन्छ।

    जनकपुरबाहेक १४ वटै प्रयोगशालाको पनि दैनिक सय वटा परीक्षण गर्नसक्ने क्षमता छ। तर अहिले देशभरबाट दैनिक ३ सय जनाको मात्र परीक्षण भइरहेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चार दिनमा दैनिक ३ देखि ४ सय जनाको परीक्षण भएको छ।

     

     

    प्रयोगशालाहरूले नमूना संकलन नै कम भएकाले परीक्षण पनि कम भएको जनाएका छन्।

    ‘हामीले जति नमूना आयो त्यति नै परीक्षण गर्ने हो,’ प्रयोगशालाका एक स्वास्थ्यकर्मीले भने।

    परीक्षण कम हुनुको अर्को कारण किट अभाव हो। सबै प्रयोगशालामा पर्याप्त किट उपलब्ध छैन। ‘आरएनए एक्सट्रयाक्सन’ किट नहुँदा चितवन रहेको प्रयोगशाला तीन दिन देखि बन्द छ। ‘हामीले काठमाडौंमा भनेका छौं। त्यहाँ पनि छैन रे। अब बाहिरबाट आएपछि पठाउँछौं भनेका छन्,’ अस्पताल स्रोतले सेतोपाटीसँग भने।

    धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिटिएम नहुँदा सोमबार चारजनाको नमूना लिन नसकिएको अस्पताल स्रोतले बताए।

    ‘स्वाब झिक्ने स्टिक नै छैन। आज पनि लिन पठाएका छौं। आयो भने हामी स्वाब लिन बाँकी व्यक्तिको नमूना लिन्छौं,’ उनले भने।

    सरकारले अहिले स्वाब झिक्ने स्टिक अभाव भएको भन्दै प्रयोगशालाहरूलाई घाँटी वा नाक कुनै एउटाको मात्र स्वाब लिन दबाब दिइरहेको छ। प्रयोगशालाका एक स्वास्थ्यकर्मी भन्छन्, ‘सरकारले सबै कुरा किन्न सक्ने, भिटिएम र स्वाब स्टिक किन्न नसक्ने हुन्छ र।’

    बाहिर रहेका प्रयोगशालाले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई किट माग गरेपनि प्रयोगशालाले केन्द्रमै किट अभाव रहेको बताउँदै आएको छ। सरकारले पछिल्लो समय तिब्बत सरकारले दिएको किट नै प्रयोगशालाहरूलाई वितरण गरिरहेको छ। थप सामाग्री ल्याउनलाई सरकारले नेपाली सेनालाई जिम्मा दिएपनि उक्त सामग्री अहिलेसम्म आउन सकेको छैन।

    किट अभावकै कारण जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको आरटी पिसिआर मेसिन झन्डै एक हप्तापछि मात्र सञ्चालनमा आयो। हिजोबाट सञ्चालनमा आएको प्रयोगशालामा २ सय वटा नमूनाको परीक्षण गर्ने किट छ। सरकारसँग थप किट माग गरिएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक देशभर रहेका सबै प्रयोगशालामा २ सय वटाको मात्र परीक्षण गर्न सकिने किट छ। त्यसलाई नै जुगाड गरेर प्रयोगशालाहरूले प्रयोग गर्दै आएका छन्।

    विज्ञहरूले समेत सरकारले परीक्षणको दायरालाई व्यापक बनाउनुपर्ने जोड दिँदै आएका छन्। लकडाउन लम्ब्याउने तर परीक्षण सुस्त हुने हो भने लकडाउनको कुनै अर्थ नहुने उनीहरुको तर्क छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑