वीरगन्ज| कृष्णा कुशवाहा ।लामो समयमसम्म देशभर लकडाउन भइरहेका बेला यसको ठूलो असर तरकारी खेतीमा परेको छ । यो समय स्थानीय उत्पादनको उपयुक्त समय भए पनि बजारसम्म तरकारी नपुग्दा किसान मारमा परेका छन् ।
जसका कारण तरकारी बारीमा कुहिने अबस्था रहेको किसानहरू बताउंँछन् । तरकारीको माग राम्रै भए पनि बजार हुँदै उपभोक्तामाझ पुग्न नसक्दा यो अवस्था आएको हो । स्थानीय प्रशासनले तरकारी ढुवानी र वितरणमा कडाइ गर्दा आफ्नो तरकारी खेर गएको किसानको गुनासो छ ।
पाकाहा मैनपुर गाउँपालिका -२ मधुबनी का किसान महन्थ कुशवाहा ‘आफ्नो बारीमा भएको तरकारी बिक्री नहुंँदा चिन्ता थपिएको बताउंँछन् । “स्थानीय बजारमा कम खपत हुन्छ, बजार लैजान पाएको छैन,” उनले भने ।
‘ ‘अहिले उनको बारीमा गोलभेडा, बोडी, घिउर, सिमी, बन्दागोवि,खिरा बिक्रीका लागि तयारी अवस्थामा छन् । लकडाउनअघि तरकारीको सहज आपूर्ति भए पनि अहिले तरकारी बिक्री ठप्पजस्तै भएको उनले बताए ।
उँबाट बजारमा ल्याएको तरकारी समेत बिक्री वितरण नभएका कारण बोकेर घर फर्कनु परेको उहाँको गुनासो छ।तरकारी घुमाएर पनि बेच्दा प्रहरी बाट कुटाई हुँदा घुमाएर पनि बेचन नपाउँदा खेत मै जोत्न समय भएको किसान हरु बताउँछन् ।
लक डाउन मा तरकारी को लागि चाहिने आवश्यक मल खाद, बीउ बिजन ,र कीटनाशक औषधि पनि न पाउँदा तरकारी मा रोग लागि नष्ट भएको किसान हरु बताउँछन्। लकडाउन को सुरुमा अलि खुकुलो भए पनि अहिले अझ कडाई भएको कारण ग्राहक हरु घर बाट बजार मा किन्न नआउँदा किसान हरु झन् मर्का मा परेका छन्।
पछिलो साता चलेको हावाहुरी र पानी बाट धेरै तरकारी खेती हरु नष्ट भएको देखिन्छ । र बाँचेको तरकारी पनि लकडाउनको कारण बेचन नपाएर किसान हरु निराश र चिन्तित , देखिन्छ।भने किसान हरु झन् घाटा मा जाने किसान हरु बताउँछन्।