• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ‘भारतबाट मान्छे भित्र्याउन सुरक्षाकर्मी नै सक्रिय’

  • वीरगंज संजाल
  • २३ बैशाख २०७७, मंगलवार २०:५८
  • ३४६९

    राजविराज |, मंगलबार बिहान सवा १० बजे । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट तिलाठीका प्रमुख इन्स्पेक्टर राजेश थापा, बेल्ही भन्सारस्थित नेपाल प्रहरी पोस्टका सइ विन्देश्वर यादव र नेपाल प्रहरीका असइ मोटरसाइकल चढेर भारततर्फ गए ।

    सप्तरीको कुनौली बोर्डर कोसी बाँध सीमावाट भारतर्फ मोटरसाइकलमा जाँदै प्रहरीहरु । तस्बिर : अवधेश/कान्तिपुर

    पछिपछि नेपाली नम्बर प्लेटको निजी कार बोर्डरमा पुग्यो । बोर्डरमा लगाइएको बेरियर नजिक पुग्दा कुनै रोकटोक वा सोधपुछ भएन । कार पुग्नेबितिकै ड्युटीमा रहेका सशस्त्र प्रहरीले बेरिएर खोले ।

    कार हुइँकिदै भारत प्रवेश गर्‍यो । केहीबेरमा तीन जना व्यक्ति भारतबाट नेपाल छिरे । कुनै रोकटोक भएन । आधा घण्टापछि उक्त कार फेरि फर्कियो र सहजै नेपाल प्रवेश गर्‍यो । १ घण्टापछि प्रहरीका तीनै जना अघिकै दुइटा मोटरसाइकलमा फर्किए ।

    यो दृश्य दैनिकजसो देखिरहेका स्थानीयलाई भने नौलो होइन । ‘बोर्डरमा यस्तै हो, सुरक्षा कमान्डरहरु आफै पारि जान्छन्, किन जान्छन् थाहा छैन तर घण्टौंपछि उताबाट फर्किन्छन्,’ एक स्थानीयले भने, ‘अब त निजी कार पनि सहजै पारि पुगेर फर्किने गरेका छन् ।’

     

     

     

    स्थानीय उल्टै प्रश्न गर्छन्, ‘सिमा सिल गरिएको हो भने निजी कारहरु किन भारततर्फ आउजाउ गरिरहेका छन् ?’ सुरक्षा कमान्डरहरुको आउजाउ र उनीहरुको सहयोगमा निजी सवारीसाधन सिधै भारत पुगेर फर्किनुलाई उनीहरुले समेत शंकास्पद रुपमा हेरेका छन् । ‘सर्वसाधारण पारिबाट नेपाल आए सिधा क्वारेन्टाइन बस्नुपर्छ,’ एक स्थानीयले प्रश्न गरे, ‘सुरक्षाकर्मी र उनको सहयोगमा भारत छिरेकाहरुलाई क्वारेन्टाइनमा राख्नुपर्दैन ?’

    यसबारे सइ विन्देश्वर यादवसँग बुझ्दा उनले आफू सशस्त्रका इन्स्पेक्टरको आदेशमा पारि गरेको बताए । ‘उता मेरो एरिया पनि होइन तर मभन्दा एक तह माथिल्लो इन्सपेक्टर साबले आदेश दिएपछि म र असइसमेत इन्स्पेक्टर साबसँगै पारि गएका हौं ।’ नेपाल घर भएका एक बिरामी आउँदै छन् भनेर आफूलाई सशस्त्रका इन्स्पेक्टर राजेश थापाले भारततर्फ लगेको र त्यता गएर एसएसबीका अधिकारीसित कुरा गरेर फर्किएको उनले बताए ।

     

    सीमा सिल गरिए पनि बिनारोकटोक भारत पुगेर फर्किएको निजी गाडी । तस्बिर : अवधेश/कान्तिपुर ।

    इन्स्पेक्टर थापाले पनि आफूसहित तीन प्रहरी भारततर्फ गएको स्वीकारे । आफूहरुसँगै निजी कार बिरामी लिन गएको उनको भनाइ छ ।

    पछिल्लो समय भारतबाट सर्वसाधारण जोकोही आए पनि एम्बुलेन्समा हालेर क्वारेन्टाइन लग्ने गरिएको छ । भारततर्फ निजी गाडीको आउजाउमा किन जाँच गरिएन भन्ने प्रश्नमा थापाले उक्त गाडीलाई आफूले आउन नभनेको र ड्युटीमा नयाँ प्रहरी भएकाले जाँच नभएको बताए ।

    कोरोना संक्रमण भित्रिन नदिन नेपाल सरकारले भारतसँगको सीमा नाका सिल गरे पनि बोर्डरमा रहेका सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले नै यसको उल्लंघन गरिरहेका छन् । उनीहरुकै संरक्षणमा निजी चारचक्के सवारीसाधन भारततर्फ पठाउने र उताबाट भित्र्याउने गरिएको छ । जसले कोरोना संक्रमणको जोखिमलाई अझ बढाएको छ ।

    भारतसित सीमा जोडिएको सप्तरीको कुनौली बोर्डरस्थित कोसी बाँध चोकबाट मानिस ओहोरदोहोर गराउने र आफै पनि भारततर्फ गएर फर्किने कार्यमा प्रहरीका अधिकारीहरु सक्रिय भएका हुन् ।

    सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तिलक भारतीले मुटुको बिरामी लिन प्रहरीहरु गएको दाबी गरे । भारत गएर फर्किएका सुरक्षाकर्मीलाई किन क्वारेन्टाइनमा राखिएन भन्ने प्रश्नमा उनले होम क्वारेन्टाइनमा राखिने प्रतिक्रिया दिए । यद्यपि नेपाल प्रहरीका ती सइ र असइ अझै तिलाठीमा डयुटीमै छन् ।

    सशस्त्र प्रहरी बल गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले पनि दिल्लीबाट डिस्चार्ज भएका बिरामी ल्याउन सुरक्षाकर्मीहरु गएको दाबी गरेका छन् ।

    स्रोतका अनुसार रकमको प्रलोभनमा परी सुरक्षाकर्मीले नै सीमा सिलको उल्लंघन गर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रवक्ता आनन्दकुमार ठाकुरले सीमा सिल भएका कारण कोही पनि नेपाल भारत आउजाउ गर्न नपाउने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑