बीरगन्ज,| पर्सागढी नगरपालिकामा हिजो भेटिएको लास एक शिक्षकको रहेको खुलेको छ । सो नगरपालिकाको वडा नं. २ मा पर्ने मेघा खोलामा हिजो सोमबार मध्यान्ह ती शिक्षक मृत अवस्थामा लास फेला थिए ।
मृतक पर्सागढी नगरपालिका वाड नम्बर १ पशुपतिनगर बस्ने बर्ष ४६ को शिव प्रसाद बराल रहेको प्रहरी चौकी मनवाले बताएको छ । पर्सागढी नगरपालिकाको वाड नम्बर २ कटानी गाउँदेखि १ किलोमिटर पश्चिममा पर्ने मेघा खोलामा टाउको पानी भित्र गाडिएको र जीउ बाहिर निक्लिएको अवस्थामा बराल मृत फेला परेका थिए ।
शब स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बराल भैसी चराउन घरबाट निस्किएको बुझिएको छ । लासको प्रकृतिक हेर्दा शंकास्पद रहेको छ ।
बराल मनाङ्ग जिल्लामा शिक्षक पेशामा कार्यरत थिए र लक डाउनको कारण घर आएको स्थानीयले बताएका छन् । लाश पोस्टमार्टमको लागि बीरगन्जस्थित नरायणीअस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।