• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    महसुल उठाउन प्राधिकरणले ल्यायो आचारसंहिता

  • वीरगंज संजाल
  • २३ बैशाख २०७७, मंगलवार ०६:२२
  • ३४२३

    नेपाल विद्युत् प्राधिकरणले ग्राहकको मिटर रिडिङका लागि जाने कर्मचारीका लागि आचारसंहिता तयार पारेको छ । प्राधिकरणको मिटर रिडिङ एवं आय सङ्कलनसम्बन्धी कार्य प्रभावित हुँदा ठूलोमात्रामा राजश्व गुमाउनु परेकाले आचारसंहिता नै तयार पारेको हो । लकडाउन केहीमात्रामा खुकुलो हुँदै गएको उल्लेख गर्दै प्राधिकरणले ग्राहकको सुविधाका लागि पनि मिटर रिडिङलगायत आय सङ्कलनको काम सञ्चालन गर्न लागेको जनाएको छ ।

     

    प्राधिरकणले तयार पारेको आचारसंहितामा मिटर रिडरले मास्क र पञ्जा अनिवार्यरुपले लगाउने र आधा घण्टाको अन्तरालामा स्यानीटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । मिटर रिडिङ गर्दा अन्य व्यक्तिको सम्पर्कमा नआउने र आउनै परेको अवस्थामा न्यूनतम एक मिटरको दूरी कायम गर्नुपर्ने र आफ्नो शरीरको नियमित तपक्रम मापन गर्नुपर्ने व्यवस्था गरेको छ ।

     

    ज्वरो, खोकी लागेका मिटर रिडरले मिटर रिडिङ नगर्ने र तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, राज्यले कोरोना सङ्क्रमति टोल वा क्षेत्र भनी ताकेको ठाँउमा मिटर रिडिङ नगर्ने, त्यस्तो क्षेत्रको ग्राहकको औसत खपतको आधारमा रिडिङ अङ्क समावेश गरी बिल पठाउने व्यवस्था गर्न प्राधिकरणले भनेको छ ।

     

    लकडाउनका कारण विद्युत् खपतसमेत घटेको र प्राधिकरणको राजश्व सङ्कलनमा समेत ठूलो मार परेको छ । मासिक रु छ अर्ब बराबरको महसुल उठाउँदै आएको भए पनि लकडाउनका कारण मासिक रु ६० लाखको हाराहारीमा मात्रै महसुल उठिरहेको छ । कोरोनाको सङ्क्रमण फैलने डरले प्राधिकरणले महसुल सङ्कलन काउण्टर खोलेको छैन । विद्युतीय प्रणालीबाट भुक्तानी हुने महसुलको मात्रा कम भएकाले महसुल सङ्कलन काउण्टर नै खोल्नुपर्ने बाध्यता रहेको छ ।

    मासिक ठूलोमात्रामा महसुल सङ्कलन हुँदा मात्रै प्राधिकरणको समग्र आर्थिक अवस्था सहज रहने गरेको थियो । गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण अत्यावश्यक सेवामा रहेका कर्मचारीबाहेक अन्य कर्मचारी भने कार्यालयमा उपस्थित छैनन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल सङ्कलनमा देखिएको अप्ठ्यारोका कारण संस्थाको आर्थिक अवस्थामा सङ्कट देखिने अवस्था पैदा भएको जानकारी दिए ।

     

    कार्यकारी निर्देशक घिसिङले लकडाउनको अवस्था अझै कायम रहेको खण्डमा प्राधिकरणमा ठूलो आर्थिक नोक्सानी भोग्नुपर्ने बताए । महसुल सङ्कलनमा समस्या भएकाले प्राधिकरणले विद्युतीय भुक्तानी प्रणालीमार्फत महसुल तिर्न आग्रह गरे पनि प्रविधिको पहुँच र प्रविधिमा जानकार नहुँदा ग्राहकलाई समेत समस्या परेको छ ।

     

    प्राधिकरणका ३८ लाख घरायसी ग्राहक छन् । त्यस्तै झण्डै दुई लाख मध्यम तथा ठूला व्यावसायिक ग्राहक छन् । घरायसी ग्राहकले १५० युनिटसम्म विद्युत् प्रयोगमा चैत र वैशाख महिनाभरको महसुलमा २५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

     

    यस्तै महसुल सङ्कलन काउण्टरमा बस्ने कर्मचारीले मास्क, पञ्जा र चस्मा वा प्लास्टिकको हेल्मेट अनिवार्यरुपमा प्रयोग गर्ने र स्यानीटाइजर हरेक आधा घण्टामा प्रयोग गर्ने व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

     

    काउण्टरमा बस्ने सबैको हरेक दिनको तापक्रम मापन गर्ने, काउण्टर क्षेत्रमा हरेक दिन स्यानीटाइज गर्ने, ग्राहकलाई एकआपसमा कम्तीमा एक मिटरको दूरी कायम गरी लाइन बस्न लगाउने, हरेक ग्राहकलाई काउन्टरभित्र छिर्दा प्रवेशद्वारमा हात धोइ स्यानिटाइजर लगाउने व्यवस्था गर्ने, थर्मल गन प्रयोग गरी शरिरको तापक्रम मापन गर्ने र साबुन पानीले हात धुने तथा व्यक्तिगत सुरक्षा उपकरण अनिवार्यरुपमा लगाएर कर्मचारी बस्ने व्यवस्था मिलाइने भएको छ ।

     

    ग्राहकले महसुल बुझाइसकेपछि जाने बेलामा पनि स्यानिटाइजर लगाएर पठाउने व्यवस्था गरिएको छ । सङ्कलन भएको नोट वा सिक्कालाई स्यानिटाइज गरी विशेष सावधानीपूर्वक राख्ने, सङ्कलन भएको महसुल सोही दिन बैंकमा जम्मा गर्ने, मास्क लगाएको ग्राहकलाई मात्र कम्पाउण्डमा छिर्न दिने व्यवस्था गर्नसमेत प्राधिकरणको आचारसंहितामा उल्लेख छ ।

     

    यस्तै आयोजनाको काम र अन्य पूँजीगत कार्य सञ्चालनका लागि पनि नयाँ व्यवस्था गरिएको छ । जटिल प्राविधिक कार्य र सुपरिवेक्षणका कार्यबाहेक अन्य सबै काममा सकभर स्थानीय कामदार प्रयोग गर्ने, काममा खटिने व्यक्तिले मास्क र पञ्जाको अनिवार्य प्रयोग गर्ने र स्यानिटाइजरको आवश्यकताअनुसार व्यवस्था गर्न भनिएको छ । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑