• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतीय क्वारेन्टाइनमा नेपालीलाई ‘एक छाक खाना र दूषित पानी’

  • वीरगंज संजाल
  • २२ बैशाख २०७७, सोमबार १५:१९
  • ३१८५

    बझाङ | थलारा गाउँपालिकाका ९३ जना ४० दिनदेखि भारत, रामपुरको क्वारेन्टाइनमा छन् ।आफूहरूलाई एक छाक मात्र खाना दिइएको र दूषित पानी पिउनुपरेको उनीहरूको गुनासो छ ।

    लकडाउनका कारण भारतको रामपुरमा एक महिनादेखि रोकिएका थलारा गाउँपालिकाका बासिन्दा ।

    भारतका विभिन्न सहरबाट घर आउन लागेका नेपालीलाई स्थानीय प्रशासनले उत्तरप्रदेशको रामपुरमा रोकेको थियो । उनीहरूलाई त्यहाँ एक सार्वजनिक भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

    ‘बाथरुममा आउने पहेँलो पानी पिउँदा सबैजसो बिरामी परेका छौं । खाना पनि दिनको एक पटक मात्र दिने गरेका छन्,’ भरत थापाले कान्तिपुरसँग भने, ‘सुत्केरी महिला, बूढाबूढी र बच्चाबच्ची पनि सँगै छन् । धेरै समस्या भइसक्यो । उद्धारको पहल गरिदिनुपर्‍यो ।’ उनले नेपालमा गएर जति दिन पनि क्वारेन्टाइनमा बस्न तयार रहेको बताए । थापाका अनुसार खानाका रूपमा दैनिक एकपटक तेल नखारिएको पुरी–तरकारी मात्र दिने गरिएको छ । त्यहाँ १३ महिला, २० बालबालिका, ४ वृद्धवृद्धा र ५६ जना अन्य पुरुष छन् ।

    क्वारेन्टाइनमै दुई साताअघि एक महिला सुत्केरी भएको र अझै दुई जना सुत्केरी हुने दिन नजिक आइरहेको थापाले बताए । उनीहरू सबैलाई ठूलो हलको भुइँमा कोचाकोच गरेर सुताउने गरिएको छ । सिमेन्टको भुइँमा पातलो कपडा ओछ्याएर सुत्नुपर्दा चिसोले सताएको छ ।

    क्वारेन्टाइनमा कतिपयलाई मानसिक समस्यासमेत देखिन थालेको त्यहाँ रहेका नेपालीले बताएका छन् । खाना र पानी अभावमा क्वारेन्टाइनमा बसेकाहरूको बिजोग भएको कुरा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, बझाङका सांसद, जनप्रतिनिधि र अन्य स्थानीय नेतालाई जानकारी गराइसके पनि कसैले उद्धारको पहल नगरेको राघब बानियाँले बताए । ‘सुत्केरी महिला, केटाकेटी र बूढाबूढीको हालत देखिनसक्नु छ । बिरामीले औषधि पनि पाएका छैनन्,’ उनले भने ‘नेताहरूले उद्धारका लागि कोसिस गर्छौं भनेका थिए । अहिले त फोन उठाउन पनि छोडिसके ।’

    त्यहाँ खटिएका प्रहरीलाई समस्या सुनाउँदा ‘तिम्रो सरकारले नछोड्नू भनेकाले यता राखेका हौं, क्वारेन्टाइनमा यस्तै हो, राम्रो जे छ त्यसैमा चित्त बुझाऊ’ भनेर हपार्ने गरेको उनीहरूले बताए ।

    यता बझाङकी प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले रामपुरमा अलपत्र नेपालीको उद्धारका लागि आफूले संघीय सरकारसँग पहल गरिरहे पनि सकारात्मक जवाफ नआएको बताइन् । ‘उहाँहरूको अवस्था जानकारी पाइसकेपछि हामीले यो कुरा स्वास्थ्यमन्त्री समक्ष राख्यौं । अरू नेताहरूलाई पनि उद्धारको पहल गर्न भनेका छौं तर कतैबाट सकारात्मक जवाफ आएन,’ उनले भनिन् ।

    थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले आफूहरू संघीय सरकारको आदेश कुरिरहेको र अनुमति पाउनासाथ उद्धारका लागि जाने तयारीमा रहेको बताए । ‘हामीले लागि गाडी समेत तयारी अवस्थामा राखेका छौं । माथिबाट आदेश आउनासाथ जान्छौं,’ उनले भने ।

    यद्यपि केही दिनअघि दार्चुलाको धार्चुला र झुलाघाट नाकामा रहेकाहरूको उद्धार संघीय सरकारको अनुमतिबेगर नै भएको बताउँदै बझाङका संविधानसभा सदस्य अफिलाल ओखेडाले गाउँपालिकाले आफ्ना अलपत्र परेका नागरिकको उद्धारमा चासो नदेखाएको आरोप लगाए । उनले भने, ‘अध्यक्षले चाहे जतिखेर पनि उद्धार सम्भव छ । कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर आफ्ना नागरिक ल्याउन सकिन्छ । किन केन्द्र सरकारको निर्देशन कुर्नुपर्‍यो ?,’ उनले भने । उत्तर प्रदेशको रामपुर कञ्चनपुरको बनवासा नाकाबाट १ सय ४२ किलोमिटर टाढा छ ।ekantipur

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑