• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तीन हजार नेपाली फर्काउँदै कुवेत

  • वीरगंज संजाल
  • २२ बैशाख २०७७, सोमबार ०६:४२
  • ७३६३

    काठमाडौं |  वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ। कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफप् (एम्नेष्टी)को ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो। त्यसमा नेपालको पालो २६ अप्रिल देखि ३० सम्म राखेको थियो। तीन हजार भन्दा बढी नेपालीले आवेदन दिएको दूतावास अधिकारीले जानकारी दिए।

     

     

     

     

     

     

     

    साउदी अरेबियाले पनि कोभिड अघि घोषणा गरेको एम्नेष्टी खोल्न सक्नेछ भने त्यस्तै एमनेस्टी यूएईले पनि गर्न सक्ने दूतावास अधिकारीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन्। यता मलेसियाले पनि फर्कनेका लागि आइतबार सूचना जारी गरिसकेको छ। साउदी, कतार, युएई, मलेसिया, कुवेत अधिक नेपाली कामदार रहेको मुलुकमा पर्छन्। एमनेस्टी बाहेक नियमित आउन नपाएर बसेका नेपाली पनि खाडी मुलुकबाट लकडाउन खुल्ने वित्तिकै आउन सक्नेछन्।

    फर्कन सक्ने नेपालीको विषयमा परराष्ट्र मन्त्रालयले अध्ययन प्रतिवेदन नै बनाइरहेको छ।

     

    ‘यसरी नेपाली फर्कने अवस्थालाई कसरी सम्बोधन गर्ने भनेर हामी अन्तर मन्त्रालय छलफलमा छौं। दूतावासहरूबाट प्रतिवेदन माग गरी तयारी अघि बढाइएको छ’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, ‘कुनै मुलुकले बिना भिसा रहेका नेपालीलाई फिर्ता गर्छु वा ल्याइदिन्छु भन्दा नाई भन्न सक्ने अवस्था रहन्न। यसैले फर्कनेलाई कहाँ ब्यवस्थापन गर्नेभन्ने विषयमा छलफल भइरहेको छ।

     

    कूवेतले नेपालसम्म नै ल्याइदिने हुनाले उनीहरूलाई काठमाडौंमै राख्ने वा प्रदेश÷स्थानीय तह कहाँ राख्ने विषयमा पनि छलफल भइरहेको उनले बताए।आइतबार मात्रै पनि मन्त्रालयगत छलफल भएको र यही मोडलमा जाने भन्ने टुंगो लागि नसकेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

     

    कोभिड-१९ नियन्त्रण उच्चस्तरीय समितिमा समेत यो विषयमा छलफल भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए। नियमित फर्कने बाहेक अन्यलाई पनि आर्कषक प्याकेज दिएर फर्काउन थाले के गर्ने भन्दै त्यसमा छलफल भइरहेको छ।

     

    कुवेतले अवैध (बिना भिसा) कार्यरत नेपालीलाई आफ्नै उडानमा नेपाल ल्याइदिने जानकारी दूतावासलाई दिइसकेको छ। त्यसका लागि ४५ दिन समय रहेको भनिएको छ।

     

    ‘२५ देखि २७ सय नेपाली फर्कन सक्ने आकलन हाम्रो छ। भिसा सकिएर पनि काम गरिरहेका र एउटा कम्पनीमा काम गर्न भनेर गएका तर पछि अर्को कम्पनी सरेका कारण अवैध भएकालाई फिर्ता पठाउने नीति लिएको हो’, कुवेतका लागि नेपाली राजदूत दुर्गा भण्डारीले अन्नपूर्णसँग टेलिफोनमा भने, ‘लकडाउनमा यति धेरै नेपालीलाई फर्काउन सहज छैन। परराष्ट्र मन्त्रालयसँग यो विषयमा के गर्ने भनेर छलफल भइरहेको छ। यद्यपी, हामीलाई अरु ४५ दिन समय छ।

    सबै मुलुकको सकिएपछि हाम्रो पालो रहेकाले नेपालीप्रतिको सदभावकै रूपमा लिइएको पनि राजदूतले बताए।

    अवैध आप्रवासी उक्त एमनेष्टीमार्फत फर्केमा उनीहरूले भविष्यमा पुनः कुवेतमा रोजगारीका लागि जान पाउने अधिकार सुरक्षित रहन्छ। फर्कनु अघिसम्म कुवेत सरकारले पाल्ने र घर फिर्ता पनि उसैले गरिदिने भएपछि अधिकांश अवैध आप्रवासी कुवेत सरकारको प्याकेजमा सहभागी भएका हुन।

     

    फर्कन चाहने नेपालीलगायतका कामदारलाई उनीहरूकै शिविरमा राखिएको छ। अवैध कामदारलाई फिर्ता पठाउने नीतिमा उनीहरूले सोचे अनुरूपमा नेपालीको आवदेन नपरेको एक अधिकारीले जानकारी दिए।

    कुवेत सरकारको जानकारीमा सात हजार भन्दा बढी अवैध तरिकाले बसिरहेका छन्। तर, तीन हजार भन्दा बढी नेपालीको मात्र आवेदन परेको छ।

    एमनेस्टी आवेदनको पाँच दिनमा २५ सय नेपालीले दूतावासबाट ट्राभल डकुमेन्ट नै लगेका थिए। धेरैसँग भिसा सकिएको पासपोर्ट थियो। त्यही पासपोर्टमार्फत पनि आवेदन दिएका छन्। भिसाको म्याद सकिएर पनि काम गरेका र कामदार कम्पनी छाडेर अर्कोमा गएर अवैध भएका बहेका अन्य कानुनी झमेलामा परेकालाई फर्काउँदैन। ‘आवेदन र फर्कनेको ठ्याक्कै संख्या भने बुधबार-बिहीबारमात्र दूतावासलाई त्यहाँको सरकारले जानकारी दिनेछ’, राजदूत भण्डारीले भने।

    कुवेत सरकारले नेपालीलाई फिर्ता गर्नेछ। फर्कने नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने विषय गम्भीर छन्। कुवेतको प्याकेजपछि फिलिपिन्सले आफ्ना कामदारलाई फिर्ता लगिसकेको छ। इजिप्ट, भारत, बंगलादेश र पाकिस्तान पछि बल्ला नेपाल परेको छ। कुवेतमा पनि कोरोना संक्रमण बढ्दो छ। आइतबार दिउँसो सम्मको जानकारीमा ८० नेपालीमा कोरोना संक्रमण छ। खाडी मुलुक र मलेसियामा गरी १५ लाख बढी नेपाली कार्यरत छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑