• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    समुदाय नै कोरोनाको जोखिममा

  • वीरगंज संजाल
  • २२ बैशाख २०७७, सोमबार ०६:३७
  • २२५१

    काठमाडौं | बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ।

     

     

     

     

     

    .

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा चैत २२ गते संक्रमण दोस्रो चरण अर्थात् स्थानीयमा प्रवेश गरेको घोषणा गरेको थियो। संयुक्त अरब इमिरेट्स (यूईए)को दुबईबाट फर्किएका कैलालीका संक्रमित युवाकी भाउजूमा पोजिटिभ देखिएसँगै संक्रमण दोस्रो चरणमा पुगेको थियो।

     

    संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा नाक तथा मुखबाट निस्किने छिटाको माध्यमबाट सर्ने कोरोना जोखिम समुदायमा पुगेको छ। यस विषयमा मन्त्रालयका अधिकारीले केही बताएका छैनन्।

     

    मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले नेपालगन्जमा फैलिएको संक्रमणको अवस्था तेस्रो चरणतर्फ प्रवेश गरेको संकेत रहेको बताए। ‘धेरैको परीक्षण हुन बाँकी रहेकाले संक्रमण समुदायमा पुगेको संकेत छ’, उनले भने, ‘केही दिनमा पुष्टि त होला।

     

    सीमावर्ती नेपालगन्जमा सात वर्षकी बालिकादेखि ५८ वर्षसम्मका व्यक्तिमा आइतबार कोरोना पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीमध्ये ८ पुरुष र ७ जना महिला रहेको जानकारी दिए। नेपालगन्जकै मदरसामा पढाउँदै आएका एक शिक्षकको परीक्षण गर्दा शुक्रबार पोजिटिभ देखिएको थियो। संक्रमित सबैको पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण भेरी अञ्चल अस्पतालमा गरिएको थियो।

     

    ६० वर्षीय ती शिक्षकको लापरवाहीबाट अन्यमा पनि संक्रमण भएको ‘कन्ट्याक्ट टे«सिङ’ र ‘ट्राभल हिस्ट्री’ खोजबिनमा संलग्न स्वास्थ्य सेवा विभागका एक अधिकारीले बताए। सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आए पनि उनले घर–घर पुगेर पढाउँदै आएका थिए। ती शिक्षक दुई महिनाअघि भारतको रुपैडिहा हुँदै नेपालगन्ज आएका थिए। प्रदेश ५ मा १० हजार ६ सय ६७ जना अझै क्वारेन्टाइनमा छन्। मुलुकभरमा संक्रमितको संख्या ७५ पुगेको छ। यीमध्ये १६ जना निको भएर घर फर्किएका छन्।

     

    यसअघि वैशाख दोस्रो साता उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पनि एक साता अवधिमा २८ जनामा संक्रमण पुष्टि भएको थियो।

    स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔं : मन्त्री ढकाल

    स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्ने बताएका छन्। ‘स्वास्थ्यकर्मीको अगुवाइमा कोरोना भाइरसविरुद्ध लडाइँ लडिएको छ’, मन्त्रालयमा आइतबार स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले भने, ‘त्यसैले चिकित्सक, नर्सलगायतको मनोबल उच्च बनाउन सबै लाग्नुपर्छ।

     

    अभावका बेला विभिन्न संस्थाले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको भन्दै उनले आभार व्यक्त गरे। सेभ द चिल्ड्रेनले दिएको सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीलाई संक्रमण रोक्न सहयोग पुग्ने उनको धारणा थियो।

     

    सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो। इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिनलगायत उपलब्ध गराएको सेभ द चिल्ड्रेनकी अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले सुनाइन्। थप २ हजार पीपीई खरिद प्रक्रियामा रहेको उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑