राहतमा एकद्धार प्रणालीको उलंघन र जनप्रतिनिधि माथी हातपात गर्ने प्रयास।
वीरगंज संजाल
२२ बैशाख २०७७, सोमबार ०२:५९
२८८५
बिरगंज |सुधिर पंदित | बिरगंज महानगरपालिका वडा न. १७ मा सर्बदलिय समिती बनाएर राहत वितरण गरिरहेकाहरु निरीक्षणमा गएका वडा जनप्रतिनिधिहरु माथी हातपात र दुव्र्यवहार गरेको वडा अध्यक्ष सुकरानी कुमारी देवीले पत्रकार सम्मेलन गरि बताउनु भएको छ।
सरकारकै निर्णय अनुसार संबंधित जनप्रतिनिधिको समन्वय र नेतृत्वमा राहत सामग्री बाडनु पर्नेमा यस वडाका सर्बदलिय समितिमा भएकाहरु उक्त निर्णय पालना नगरेको र मनोमानी तरिकाले राहत वितरण गरिरहेको बताइएको छ।
राहतमा कुहिएको चामल वितरण भइरहेको जानकारी पाएपछी प्रहरी टोलिको साथमा वडा अध्यक्ष यादव , वडा सदस्य ताहिर हुसैन, वडा सदस्य भागमती देवी राम र वडा अध्यक्षका पति बिरेन्द्र यादव लगायतकाहरु निरीक्षण र सोधपुछका लागि जादा अनावश्यक बिबाद गर्दै आफुमाथी सर्बदलिय समितीका सदस्यहरुले गालीग्लोज गर्दै दुव्र्यवहार गरेको अध्यक्ष यादवले आरोप लगाएकी छिन।
निरीक्षणको अन्तरालमा भेटीएको कुहिएको चामल परीक्षणका लागि प्रहरीले लगेको छ। पत्रकार सम्मेलन गर्दै उक्त घटना माथी छानबिन गरि जनप्रतिनिधिलाई बदनाम गर्ने मानसिकता बोकेकाहरु प्रति कडा कारवाही हुनुपर्छ भन्दै वडा अध्यक्ष यादवले माग गरेकी छिन।