समयमा मल नपाउदा खेती गर्न गाह्रो भ्याईनभ्याई खेती गर्दै किसानहरु
वीरगंज संजाल
२२ बैशाख २०७७, सोमबार ०५:२६
३५९३
वीरगन्ज |सनी चौरसिया | जिल्लामा किसानले धमाधम रोपाई गरिरहेका छन् ।गाउँमा अहिले खेतीपातीको चटारो छ साथै पर्सा को बिभिन गांउ हरुमा असाढे बालि धानको रोपाई धमाधम भइरहेको छ।
केही दिन यता राति पानी पर्ने गरेपछि किसान रोपाईमा झनै व्यस्त भएका हुन् । तेस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर–२९ बगही र वडा नम्बर -३० प्रसोतीपुरमा किसानहरुलाई असाढे बालि धानको रोपाई गर्न भ्याईनभ्याई छ |
‘ग्रामीण भेगमा भने चहलपहल व्यापक छ । खेती किसानिबाट जीवन गुजारा गर्नेहरुका कारण पनि गाउँमा लकडाउनको खासै प्रभाव पारेको छैन।गाईबस्तु चराउने देखि खेतीपातीमा व्यस्त छन् गाउँले हरु ।
सवारीसाधन बन्द भएको कारण शहर, बजारको चहलपहल बन्दभएको छ। कोरोना भाइरस “कोभिड १९” संक्रमणको जोखिमबाट बच्नका लागि नेपाल सरकारले लगाएको लकडाउनले जिल्लाका सदरमुकाम,बजार,व्यपारका गतिविधि ठप्प भएको ले जनजीवन कष्टकर बन्दै गएको छ ।
कलकारखाना र व्यापार लकडाउले बन्द भएकाले कार्यरत श्रमिक यूवाहरु गाउँ फर्केपछि खेती गर्न श्रमिक पाए पनि उन्नजातका बीउ र मल नपाउदा खेती गर्न गाह्रो भएको किसानहरुले गुनासो गरेकाछन।
नेपालमा धानको उत्पादन सरदर प्रति हेक्टर तीन हजार केजीले हुने गरेको छ । तर पनि नोपलको सवै उत्पादन योग्य जमिनमा धान रोप्न नसक्नु र कृषि आधुनिकरण गर्न नसक्नुका कारण हाललाई भने बिदेशबाट वर्षेनी चामल आयत गरिहरनु पर्ने बाध्यता रहेको छ ।