नारायणी अस्पतालको सम्पुर्ण सेवा खुलाउन- ओमप्रकाश सरार्फ द्धारा धर्ना
वीरगंज संजाल
२१ बैशाख २०७७, आईतवार २३:१५
४७२९
वीरगन्ज |अनिल साह | वीरगन्जको नारायणी अस्पतालले कोरोना (कोभिड१९)को बिरामि बाहेको सम्पुर्ण सेवा बन्द गरिएको छ । कोभिड१९)को बिरामि बाहेको सम्पुर्ण सेवा बन्द गरिए पछी सेवाग्राही बिचलित भएकाछन ।
बिपन्नअतिबिपन्नका लागी स्वास्थ सेवाको केन्द्र नारायाणी अस्पताल नै रहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको करोना(कोभिड१९) को बिरामी वीरगन्जमा पनि देखिएकोले नेपाल सरकारले नारायणी अस्पताललाई करोना संक्रमित बिरामी बाहेकको सम्पुर्ण सेवा बन्द गरी कोरोना अस्पतालमा परिणत गरेको छ ।
करोना संक्रमित बिरामी बाहेकको सम्पुर्ण सेवा बन्द गरी कोरोना अस्पतालमा परिणत गरिए पछि चौतर्फी आलोचना सुरु भए संगै लकडाउनको पालना गर्दै आज देखि यूवा नेता ओमप्रकाशले आफ्नो घरको गेट अगाडिनै धर्ना दिएका छन।
मध्य तराईको जनताको चिकित्सा उपचार सेवाको एकमात्र नरायणि अस्पताल “को सबै सेवा तुरन्त सुचारु गर्न माग राखदै यो समाजिक आन्दोलनमा एकवद्धता जनाउने सम्पुर्णसर्व सधारणलाई आ-आफ्नो घरको गेटमा धर्ना दिएर तस्बिर समाजिक सन्जालमा राखेर नेपाल सरकारले लगाएको लकडाउन को पालना गर्दै समर्थनको लागी अपली गरेका छन।