• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगन्जको नारायणी अस्पताललाई कोबिड १९ अस्पताल बनाएपछि त्यसको विरोधमा लगातार सडक प्रदर्शन

  • वीरगंज संजाल
  • २१ बैशाख २०७७, आईतवार २०:४२
  • ५२०७

    वीरगन्ज : सरकारले वीरगन्जको नारायणी अस्पताललाई कोबिड १९ अस्पताल बनाएपछि त्यसको विरोधमा लगातार सडक प्रदर्शन भइरहेको छ । नारायणी अस्पताललाई सरकारले चैत ३० गते कोबिड १९ अस्पताल घोषणा गरेको थियो । कोबिड हस्पिटल घोषणा पछि बैशाख २ देखि नै नारायणी अस्पतालमा कोरोना संक्रमण बाहेकका अरु सबै उपचार र सेवा बन्द गरिएको छ ।

    नारायणी अस्पतालबाट प्रदान हुने उपचार सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी नेशनल मेडिकल कलेजलाई दिइएको छ । तर मेडिकल कलेजले सरकारको निर्देशन विपरित चर्को शुल्क लिइरहेको बिरामीहरुको गुनासो छ ।

    सरकारले वीरगन्जको एक मात्र नारायणी अस्पताल बनाएपछि आर्थिक रुपमा कमजोर र मध्य वर्गीय बिरामीहरु उपचारबाट बन्चित भएको भन्दै सरकारको निर्णयको निरन्तर विरोध भइरहेको छ । कोबिड १९ हस्पिटल बनाइएको नारायणी अस्पताललाई पुन जनरल अस्पताल बनाउन माग गर्दै वीरगन्जमा २ साता यता निरन्तर प्रदर्शन भइरहेको छ ।

    आइतबार नेपाली कांग्रेसले पनि लकडाउन जारी रहेकै बेला वीरगन्जको सडकमा उत्रिएर प्रदर्शन गरेको छ । काँग्रेसका नेता कार्यकर्ताले अस्पताल नजिकै मालपोत कार्यालय चोकको सडकमा आइतबार बिहान साढे ११ देखि १२ बजेसम्म ताली बजाएर प्रदर्शन गरेका हुन् ।

    पर्सादेखि सर्लाहीसम्म ४ जिल्लाका बिरामीको उपचार हुने सरकारी अस्पतालको उपचार सेवा बन्द गरिँदा बिरामीहरु उपचार नपाएर समस्यामा परेको भन्दै काँग्रेसले आइतबार प्रदर्शन गरेको हो । कोबिड १९ हस्पिटलका लागि वैकल्पिक व्यवस्था गरेर नारायणी अस्पतालाई पूर्ववत अवस्थामा परिणत गरी सबै रोगको उपचार सेवा सन्चालन गर्नु पर्ने माग राखेर प्रदर्शन गरिएको काँग्रेस पर्साका सभापति अजय द्विवेदीले बताए ।

    सरकारले कोबिड हस्पिटल तोकेदेखि नै वीरगन्जका जनता र संघस्ंथाले निरन्तर विरोध गरिरहँदा पनि सुनुवाइ नभएपछि जनताको आवाज मुखरित गर्न बाध्य भएर सडकमा उत्रिएको उनले बताए । ‘नारायणी अस्पताल जनताको अस्पताल हो, यहाँ आम जनताको उपचार हुनुपर्छ’, उनले भने,‘यदि सरकारले अब पनि जनताको यो आवाज सुनेन भने लकडाउन तोडेर ठूलो संख्यामा जनता सडकमा आउन बाध्य हुनेछन् ।’

    नेपाल चिकित्सक संघले पनि कोबिड १९ अस्पताल बनाइएको नारायणी अस्पताललाई जनअपेक्षाअनुरुप पुन जनरल अस्पताल कायम गरी सबै रोगको उपचार सेवा सुचारु गर्न माग गरेको छ । नारायणी अस्पतालमा जनरल सेवा सन्चालन नहुँदा प्रसूती लगायत अन्य सेवाका रोगीहरु उपचार बिहीन बनेको र सरकारले विकल्प दिएको निजी अस्पतालले सरकारी अस्पतालको जस्तो सस्तो सुलभ र स्तरीय सेवा प्रवाह गर्न नसकेको जनगुनासो आइरहेकोले, नारायणी अस्पतालको जनरल सेवा सुचारु गर्नु पर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बैशाख १३ गते पनि नारायणी अस्पतालमा पुन सबै रोगका बिरामीको उपचार र अन्य सेवा सुचारु गर्न माग गर्दै वीरगन्जको आदर्शनगरमा स्थानीयले सडकमा निस्किएर थाल ठटाएर प्रदर्शन गरेका थिए । त्यसअघि जनता समाजवादी पार्टी र नेविसंघले पनि सडक प्रदर्शन गरेको थियो । सरकारले  कोबिड १९ अस्पताल बनाएको नारायणी अस्पतालमा हाल कोरोनाका ९ जना संक्रमित उपचाररत छन् । anpurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑