विश्वमा कोरोना संक्रमितको संख्या ३५ लाखभन्दा बढि, कतिको मृत्यु?
वीरगंज संजाल
२१ बैशाख २०७७, आईतवार २०:२८
२५३५
काठमाडौं | aविश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंले बढिरहेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणबाट विश्वभर २ लाख ४५ हजार ३१० जनाको मृत्यु भएको छ ।
संक्रमण फैलिएका २ सयभन्दा बढी मुलुकमा संक्रमितको संख्या भने ३५ लाख ८ हजार ९१२ पुगेको छ । संक्रमितमध्ये ११ लाख ३० हजार ३१७ जना उपचारपछि निको भएका छन् ।
मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहे पनि संक्रमणपछि निको हुने दर ठूलो रहेको देखाउँछ।संक्रमण फैलिएका मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित अमेरिकामा ११ लाख ६३ हजार ३७२ जना संक्रमित हुँदा ६७ हजार ५३५ जनाको मृत्यु भएको छ ।
यस्तै, युरोपेली मुलुक स्पेनमा कुल संक्रमित २ लाख ४५ हजार ५६७ मध्ये २५ हजार १०० को मृत्यु भएको छ। यस्तै, अर्को प्रभावित मुलुक इटालीमा कुल संक्रमित २ लाख ९ हजार ३२९ मध्ये २८ हजार ७१० को मृत्यु भएको छ।
त्यस्तै फ्रान्समा अहिलेसम्म २४ हजार ७६० जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ६८ हजार ३९६ जनामा कोरोनाको संक्रमण देखिएको छ । जर्मनीमा एक लाख ६५ हजार १६ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार ८१२ पुगेको छ ।
यस्तै, बेलायतमा एक लाख ८२ हजार २६० जना संक्रमित हुँदा २८ हजार १३१ जनाको मृत्यु भएको छ । चीनमा मृतकको संख्या अहिलेसम्म ४ हजार ६ सय ३३ पुगेको छ ।