• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गरिबलाई कतै भिजेको त कतै कुहिएको चामल

  • वीरगंज संजाल
  • २१ बैशाख २०७७, आईतवार १५:००
  • ३५३९

    जनकपुरधाम : कोरोना संक्रमण रोक्न लकडाउनको अवधिमा मर्कामा परेकालाई राहत वितरणको क्रममा जनकपुर उप-महानगरपालिकामा व्यापक विवाद देखिएको छ । निष्पक्ष ढंगले राहत वितरण नगरेको भन्दै कतै वडा कार्यालयमा तालाबन्दी गरिएको छ, भने कतै राहत वितरणमा स्थानीयले अवरोध सृजना गरेको छ।

    जनकपुरधाम उप-महानगरपालिका २४ बसहियाका सलिम हुसैन टन्टलापुर घाममा दुई घन्टा उभिएर पनि राहत पाएनन् ।
    राहतका लागि तयार पारिएको सूचीमा नाम नरहेको भन्दै उनलाई राहत उपलब्ध गराइएन् । साफीले भने, ‘नगरपालिकाले हुनेखानेलाई राहत बाडेको छ, हामी जस्तो गरिबलाई राहतको सूचीमा समेत नाम छैन, राहतमा समेत विभेद देखेर मन खिन्न भयो ।’

    सोही वडाका रामस्वरुप दासको समस्या पनि उस्तै छ । ‘यहाँ दुई-तीन तल्ले घर भएको, बिघौ बिघा जग्गा भएका व्यक्तिलाई राहत दिइएको छ, तर हामी जस्ता दैनिक ज्यालादारीमा काम गर्नेलाई नाम छैन भनेर राहत नै दिएन ।’

    दासले गुनासो गर्दै भने, ‘हामी दलितमाथि सबैको थिचोमिचो गरेकै हुन्छ, हुँदाहुँदा अब राहतमा समेत विभेद भयो, हामी त अनागरिक सरह बाँच्नुपरेको छ ।’ यता वडाध्यक्ष सत्यनारायण साहले राहत वितरणमा कुनै प्रकारको विभेद नभएको दावी गरे । उनले भने, ‘राहत वितरणमा केही तलमाथि भएको स्वभाविक हो, हामी हल्लाको पछाडि लाग्यौँ भने राहत नै वितरण गर्नै सकिदैन।’

    जनकपुर १४ मुजेलियास्थित वडामा कुटाकुट नै भयो । स्थानीय विवेक यादवले वडाध्यक्षले राहत वितरणका लागि सूची तयार गर्न विभेद गरेकाले विवाद उत्पन्न भएको आरोप लगाए । उनले भने, ‘लगत संकलनमा वास्तविक विपन्नलाई समावेश गरिएको छैन, जो धनी छन्, जो वडाध्यक्षको अगुवा-पछुवा छन् उनीहरुकै नाम मात्रै राहत सूचीमा छ ।’

    तर वडा अध्यक्ष पुण्यप्रताप यादवले राहत वितरणमा काखापाखा नगरेको दावी गरे । उनले भने, ‘मेरो लागि वडाको सबै एक समान हुन, मैले कसैलाई काखापाखा गरेको छैन ।’

    मुलुक लकडाउनमा गइसकेपछि सबैभन्दा बढी गरिब, मजदुर, विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मारमा परेका छन् । लकडाउनकै कारण त्यस्ता व्यक्तिहरु भोकै नरहुन् भनेर राहत वितरण गर्न प्रदेश सरकारले सबै स्थानीय तहमा रकम पठाए पनि राहतमा राजनीतिक बढेको स्थानीय सुशील कर्णको भनाई छ ।

    प्रदेश सरकारले प्रभावित व्यक्तिलाई राहत वितरणका लागि गर्न तत्काल महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ पठाएको थियो । चैत १८ गते प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर प्रदेश सरकारले सबै स्थानीय तहलाई पैसा पठाएपनि सो अनुकुलको राहत विरतण हुन नसकेको स्थानीय महाशंकर ठाकुर बताउँछन् ।

    तथ्यांक संकलन पूरा गरेर राहत वितरण गर्ने कार्य भएपनि वास्तविक व्यक्तिसम्म राहत पुग्न सकेको छैन् । कमसल खाद्यान्न सामग्री वितरणले अझ यो समस्या बल्झिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑