• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वैदिक विवाह गर्नेका लागि यस वर्ष १८ मात्र मुहूर्त

  • वीरगंज संजाल
  • २१ बैशाख २०७७, आईतवार १०:२०
  • ३६२२

    वीरगंज | वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लग्न निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लग्न जुरेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा पनि उल्लेख छ ।

    कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका क्रममा यी सबै लग्न सकिनेछन् । गत चैत ११ गतेदेखि कोभिड–१९ को सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेको छ । वैशाख २५ गतेपछि पनि बन्दाबन्दी बढ्ने सम्भावना हुनसक्छ । पहिलो महिनामा दिइएको वर्षकै सबैभन्दा बढी विवाहको लग्न बन्दाबन्दीमै सकिने भएपछि यो वर्ष लगनगाँठो कस्ने योजना बनाइरहेका युवायुवती प्रभावित हुने भएका छन् ।

    यसैगरी जेठको ४, ५, १० र ३१ गते गरी चारवटा लग्न छ । असारमा ११, १३ र १४ गते तीनवटा मात्र लग्न छ । मङ्सिरको १६, २१, २२ र २६ गते गरी चारवटा मात्र लग्न निस्किएको समितिले जनाएको छ । यस वर्ष मङ्सिरपछि विवाहको लग्न छैन । माघ र फागुनमा बृहस्पति एवं शुक्र ग्रह अस्त हुने भएकाले विवाहको लग्न ननिस्किएको अध्यक्ष गौतमले सुनाए ।

    यस वर्ष जेठ १७ गते शनिबार पश्चिममा शुक्र अस्त भई २६ गते सोमबार पूर्वमा उदय हुन्छ । यसैगरी माघ ४ गते आइतबार बृहस्पति पश्चिममा अस्त भई फागुन २ गते आइतबार नै पूर्वमा उदाउने छ । माघ ३० गते शुक्रबार शुक्र पूर्वमा अस्त भएपछि विसं २०७८ लागेपछि मात्र उदाउने भएकाले यस वर्ष माघ र फागुनमा विवाह एवं व्रतबन्धका साइत ननिस्किएको समितिले जनाएको छ । यसैकारण चैतमा व्रतबन्धको साइत पनि छैन ।

    बृहस्पति (गुरु), शुक्र अस्त भएका बेला गृहप्रवेश, घर निर्माण आरम्भ (गृहआरम्भ), सप्ताह श्रवण, यज्ञयागादिलगायत शुभकर्म पनि गर्नुहुँदैन । “गुरु, शुक्र अस्तका बेला नित्यरूपमा गरिने पूजा, पाठ, जप आदि गर्नुहुन्छ, यसैगरी नैमित्तिक रूपमा गरिने श्राद्ध, काजक्रिया, बालक जन्मँदा जातकर्म गर्नुहुन्छ, कुनै फलको कामना राखेर गरिने काम्य कर्म गर्नु हुँदैन, यसैले विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहारम्भको साइत नदिइएको हो”, उनले भने ।

    विगत वर्षमा माघ र फागुनमा समेत विवाहको मुहूर्त हुन्थ्यो । महिनाका हिसाबले माघ र फागुन विवाह गर्न हुने नै महिना हुन् । गत वर्ष विसं २०७६ मा भने विवाहका ६६ लग्न थिए ।

    व्रतबन्धका चार मुहूर्त

    यसैगरी यस वर्ष व्रतबन्धको मुहूर्त पनि चार वटा मात्र छ । वैशाख २१ र २२ गते, जेठ १२ एवं असार ११ गतेमा मात्र व्रतबन्धको लग्न जुरेको समितिका सदस्य सचिव एवं पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । गत वर्ष भने व्रतबन्धका साइत १२ वटा थिए । गत वर्षहरुमा माघ, फागुन र चैतमा पनि व्रतबन्धका मुहूर्त दिइएको हुन्थ्यो ।

    वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया, आश्विन शुक्ल पक्षको नवरात्र, मार्गशीर्ष पञ्चमी अर्थात् विवाह पञ्चमी र माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिन साइत नभए पनि विवाह गर्न हुने भन्ने धारणा शास्त्रीय नरहेको पञ्चाङ्गकार सूर्यनाथ पन्तले बताए । यी दिनमा पनि विवाह, व्रतबन्धजस्ता शुभकर्मको साइत जुर्ने भए पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिने गरेको जानकारी पनि उनले दिए । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑