बीरगन्ज | निको भएर घर फर्किएका रौतहटका युवामा फेरि कोरोनाको संक्रमण देखिएको छ ।पहिलोचोटि संक्रमित भएका उनी निको भएर डिस्चार्ज भएपछि गत वैशाख १६ गते घर फर्किएका थिए ।
उनीसहित घर परिवारको १३ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि पठाइएकोमा शनिवार दिउँसो १३ जना मध्ये ती युवकको पनि रिपोर्टमा शंका लागेपछि उनलाई फेरि बीरगन्ज ल्याइएको हो ।
कोरोनाको संक्रमण देखिएपछि ती युवालाई पुन बीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरेको छ ।चैतको दोस्रो साता भारतबाट आएर ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएको युवकमा वैशाख १ गते प्रथप पटक कोभिड १९ पोजेटिभ देखिएको थियो ।
प्रथम पटक कोरोना भाइरसबाट संक्रमित भई बीरगंजस्थित नारायणी अस्पतालको आइसोलेशन वार्डमा रहेका उनीसहित ४ जनाको लगातार कोभिड १९ को रिपोर्ट नेगेटिभ देखिएपछि डस्चार्ज गरिएको थियो ।