सामाजिक सञ्जालमा आउने झुटो म्यासेजबाट बच्न आबुधावी प्रहरीको अनुरोध
वीरगंज संजाल
२० बैशाख २०७७, शनिबार २२:०६
२६९७
काठमाडौं | आबुधावी प्रहरीले ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर म्यासेज आएमा त्यसबाट बच्न अनुरोध गरेको छ ।
यूएईमा कुनै आपराधिक समूहले ह्वाट्स्एप लगायतका माध्यमबाट उपहार परेको, जागिरको अफर दिने, किनेमेलमा छुट हुने लगायत विभिन्न गलत प्रलोभन देखाउँदै म्यासेज गर्ने गरेको भन्दै यसबाट बच्न प्रहरीले अनुरोध गरेको हो ।
यस्तो म्यासेज कुनै पनि माध्यमबाट आएमा प्रहरीलाई ९९९ मा अथवा ८००२६२६ मा फोन गरेर रिपोर्ट गर्न र २८२८ मा म्यासेज गर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ ।