जोखिम मोलेर काम गर्ने वीरगन्ज महानगरका सफाइकर्मीलाई सम्मानित
वीरगंज संजाल
२० बैशाख २०७७, शनिबार १७:५१
४३२७
वीरगन्ज।मुकेश खेतान | वीरगन्ज महानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीहरुलाई उनीहरुको मनोबल उच्च राख्न आदर्शनगर ग्रिनी सिटी सामुदायिक सेवा केन्द्रले सम्मान गरेको छ।
वीरगन्ज महानगरपालिकामै कार्यरत एक सरसफाई कर्मचारीमा कोरोना संक्रमण फेला परेपछि महानरका सरसफाइ कर्मचारीहरु त्रसित छन् । वीरगन्ज ३ छपकैया घर भएका वीरगन्ज महानगरपालिकाको सरसफाई कर्मचारीहरुका नाइकेमा बैशाख १४ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । संक्रमित ती व्यक्तिको वीरगन्जको नारायणी अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।
“कोरोना महामारीको बेलामा जब दुनियाँभरिमै सर सफाई कर्मीहरू कोरोना विरुद्धका योद्धाको रूपमा सम्मान र प्रोत्साहन पाई रहनु भएका छन्,वीरगंजमा एक जना सफाई कर्मचारी कोरोना संक्रमित भए पछि सम्पूर्ण सफाई कर्मी हरुलाईनै स्थानियहरु लगायत महानगरका केही सहकर्मी द्वारा पनि हेय दृष्टिकोणले हेर्न थालिए पछि सफाई कर्मी हरुको मनोबल खसेको थियो र उहाँ हरुको मनोबल पुनः स्थापित गर्नका लागि हामीले उहाँहरु लाई फूल प्रदान गरेर प्रोत्साहनको लागि सम्मानित गरेका छौ”, भन्ने धारणा ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतानले व्यक्त गर्नु भयो।
महानगरका एक सरसफाइ कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि उनीसँगै काम गरेका अन्य कर्मचारीहरु पनि त्रसीत छन् । समाजले पनि आफूहरुलाई घृणाको दृष्टिले हेर्ने थालेको गुनासो आएपछि सरसफाइकर्मीहरुको मनोबल उच्च राख्न सम्मान गरिएको ग्रिनी सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए ।
‘कोरोनाको महामारी र लकडाउनमा हामी त घरमा छौँ, तर सरसफाइकर्मी ज्यान हत्केलामा राखेर सडक र नालाको सफाइमा अहोरात्र खटिएका छन्’, खेतानले भने, ‘त्यसमा पनि एक जनामा कोरोना देखिएपछि समाजले सबै सफाइकर्मीलाई घृणाको भावले व्यवहार गरेको देखेर मन दुखेको छ , समाजको त्यो गलत सोच र रवैयालाई बदल्न र सरसफाइकर्मीको मनोबल उच्च पार्न सम्मान गरेका हौँ।’
यस्तो जोखिमपूर्ण समयमा पनि हाम्रो सरसफाइ टीमले ज्यान जोखिममा पारेर पनि नियमित र सुचारु सरसफाईमा जुटी रहनु भएको हुँदा पनिकेहि स्थानीयहरु लगायत सहकर्मीहरूको व्यवहारले पुरै टिमको मनोबल खसैको थियो तर आज बिना पूर्व जानकारी एक्कासी ग्रीन सिटी द्वारा भएको सम्मानले हाम्रो सम्पूर्ण टीमको मनोबल पहिला भन्दा पनि उच्च भएको र खुशी लागेको अभिव्यक्ति वीरगन्ज महानगर पालिकाका सरसफाई शाखाका नायक सुब्बा सर्फुद्दीन मियाँले राख्नुभयो।
कोरोना संक्रमित हरुलाई कुनै जात, धर्म, वर्ण र सम्प्रदायसँग जोडेर नहेर्न लाई पनि मियाँले सम्पूर्ण नगरवासी हरुलाई अनुरोध समेत गर्नु भएको थियो।