११ दिनभित्रै कोरोना संक्रमितलाई नीको पार्ने भनिएको औषधीको अमेरिकामा प्रयोगको अनुमति
वीरगंज संजाल
२० बैशाख २०७७, शनिबार ०६:५०
४८४५
एजेन्सी । कोरोना भाइरस संक्रमितलाई नीको पार्ने भनिएको एक प्रकारको औषधीको अमेरिकामा प्रयोगको अनुमति प्रदान गरिएको छ । रेमडेसिभिर नाम गरेको उक्त औषधी प्रयोगको अनुमति अमेरिकाको खाद्य तथा औषधी प्रशासनले दिएको हो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले अमेरिकामा पहिलोपटक रेमडेसिभिर त्यस्तो औषधी बनेको छ जसलाई कोरोना भाइरसका संक्रमितमाथि प्रयोग गर्न दिने निर्णय भएको छ । औषधीले कोरोना संक्रमितलाई नीको पारेको प्रमाणित भएको जनाइएको थियो । यसले संक्रमित विरामीको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ ।
सीएनएनका अनुसार यसबारे अध्ययन गरेकाहरुले परीक्षणका क्रममा रहेको औषधी रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितलाई नीको पारेको भनिएको छ । लक्षण देखिएको संक्रमितलाई १५ देखि ११ दिनभित्र रेमडिसिभिरको प्रयोग गरिएमा नीको भएको परीक्षणबाट पत्ता लागेको हो ।
अमेरिकाको औषधी प्रशासनले अहिलेसम्म कुनैपनि औषधीलाई कोरोना भाइरसको संक्रमितमा प्रयोग गर्ने अनुमोदन गरेको थिएन । रेमडिसिभिरको औषधी निर्माता कम्पनि गिलिड साइन्सेससँग औषधी प्रशासनले कुराकानी बढाएको थियो । उसले १५ लाखभन्दा बढी शीशी औषधी सहयोग गर्ने भएको छ ।
अमेरिकाले रेमडिसिभिरलाई अनुमोदन गरेपनि विश्व स्वास्थ्य संगठनले भने यसलाई अझै अनुमोदन नगर्ने संकेत गरेको छ । उसले रेमडिसिभिरलाई अनुमोदन गर्नु धेरै छिटो हुने जनाएको छ ।
यसअघि १८ अप्रिलमा रेमडिसिभिरको परीक्षण सफल भएको जनाइएको थियो । यसको परीक्षण सफल भएको खुलासा गरिएको थियो । जो जो विरामी परीक्षणमा सहभागी थिए उनीहरु ज्वरो र स्वासप्रश्वासको समस्यामा परेर कोरोना भाइरसको संक्रमित थिए । उनीहरु एक हप्ताभन्दा कम समयमै निको भई घर फर्किएको भनिएको थियो ।
सिकागो विश्वविद्यालयले परीक्षणमा सहभागी विज्ञ डा। कथलिन मुलानीले आफ्ना विरामीहरु चाँडै डिस्चार्ज भएको तथ्य बाहिर ल्याएकी थिइन् । उनी परीक्षणमा सहभागी छिन् । मुलानीले विरामी छ दिनमै निको भई घर गइरहेको तथ्यांक समेत दिएकी थिइन् ।-Photo Source: Agency