भारत | भारतमा २ हप्ता लकडाउन थपिएको छ। भारतको गृहमन्त्रालयले लकडाउन मे ४ देखी १७ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । भारतले कोरोना संक्रमणलाई मध्यनजर गर्दै रेड,ओरेन्ज र ग्रीन जोन गरी तिन भागमा बांडेको छ । ग्रीन जोनमा रहेका सवै क्षेत्रमा आर्थीक गतिविधिमा छुट दिइएको छ ।
गृहमन्त्रालयको आदेशअनुसार ग्रिन जोनमा बस समेत चलाउन पाईनेछ । तर, बसको क्षमता ५० प्रतिशतभन्दा बढी हुने छैन् । अर्थात ५० सिटको बस भएको खण्डमा २५ जना यात्रु मात्र यात्रा गर्न मिल्ने गरी बस सेवा सुरु गरिएको हो । राजधानी नयां दिल्ली भने रेड जोनमा रहेको छ ।गृहमन्त्रालयकाअनुसार कोरोना संक्रमणका हिसाबले ग्रीन जोन अथवा सुरक्षित ठाउंहरुमा भने लकडाउन केही खुकुलो बनाइने