बिश्रामपुरकाे क्वारेन्टाइनमा रहेका ३२ जनाकाे पिसिआर रिपाेर्ट नगेटिभ
वीरगंज संजाल
१८ बैशाख २०७७, बिहीबार २२:३६
२९३५
वीरगंज । बाराकाे बिश्रामपुर गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेकाहरुकाे पिसिआर रिपाेर्ट नगेटिभ आए पछि घर पठाइएकाे छ ।
क्वारेन्टाइनमा रहेका ३१ भारतिय र एक नेपालीकाे पिसिआर रिपाेर्ट नगेटिभ आए पछि घर पठाइएकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले वताए ।
उनले भने “गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका ३२ जनाकाे पिसिआर मेसिनबाट काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरी काठमाण्डाै पठाइएकाे थियाे । १४ दिन देखी क्वारेन्टाइनमा रहेका सबै जनाकाे रिपाेर्ट नगेटिभ आए पछि सबैजनालाई रिपाेर्ट दिएर घर पठाइएकाे छ।”
उनका अनुसार ३१ जना भारतियलाई बाटाे खर्च दिएर रिपाेर्ट सहित घर पठाएकाे छ भने एक जना बिश्रामपुर गाउँपालिका निवासी नै रहेकाले उनकाे अभिभावककाे जिम्मा लगाइएकाे छ ।
काेराेना भाइरस संक्रमकाे राेकथाम तथा नियन्त्रणकाे लागि लकडाउन भए पछि नेपालकाे सिन्धुली र सप्तरीबाट पैदल नै बिश्रामपुर आइपुगेका ३१ भारतिय कामदार र एक नेपालीलाई गाउँपालिकाकाे क्वारेन्टाइनमा राखिएकाे थियाे ।kalikatimes