• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    ज्वरोको कारण अस्पतालले भर्ना लिन नमानेका बिरामीको मृत्यु

  • वीरगंज संजाल
  • १८ बैशाख २०७७, बिहीबार २०:३३
  • ३४०३

    मोरङ | सुनसरीको देवानगञ्ज गाउँपालिका-१ का २७ वर्षीय रविन्द्र यादवको समयमा उपचार हुन नसक्दा बिहीबार साँझ मृत्यु भएको छ । विराटनगरका अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेपछि उनलाई सुनसरी प्रहरीको संयोजनमा बिहीबार अपराह्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

    उनका बुवा जोगीलाल यादवका अनुसार प्रतिष्ठानका चिकित्सकले बिहीबार साँझ ७ बजे रविन्द्रलाई मृत घोषणा गरेका हुन् । ‘समयमा अस्पताल ल्याउन नसक्दा बचाउन नसकेको चिकित्सकले बताए,’ उनले भक्कानिँदै भने, ‘छोराको शव पोष्टमार्टमपछि मात्रै लग्न मिल्छ । पोष्टमार्टम भोलि हुन्छ ।’

    रविन्द्रको शरीरको तापक्रम एक सय एक डिग्रीभन्दा बढी भएकाले विराटनगरस्थित कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गरेका थिएनन् । आइतबार दिउँसो विष सेवन गरेर कोसी अस्पताल भर्ना भएका उनलाई बुधबार साँझ सघन उपचार कक्ष र भेन्टिलेटरमा राख्नुपर्ने भएको भन्दै अस्पतालले रेफर गरेको थियो । अस्पतालका चिकित्सक डा. लक्ष्मीनारायण यादवले बिरामीको मिर्गौलामा समस्या देखिएकाले भेन्टिलेटरमा राखेर उपचार गर्न आवश्यक भएको र आफूहरुसँग भेन्टिलेटर नभएकाले रेफर गरिदिएको बताए ।

    त्यसपछि उनलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । नोबेलमा एक सय एक डिग्री ज्वरो आएकै कारण भर्ना गर्न नमानेको बुवा जोगीलालले बताए । ‘नोबेलले भर्ना नलिएपछि पुन: फर्काएर कोसी अस्पताल ल्यायौं । राति ११ बजेसम्म आकस्मिक कक्षअगाडि राख्दा पनि भर्ना लिन मानेनन्,’ उनले भने, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीले यहाँ राखे बिरामीको मृत्यु हुने भएकाले अन्य अस्पतालमा लग्नु भने ।’ केही सिप नलागेपछि उनलाई घर लग्न बाध्य भएको यादवले बताए ।

    ‘चार दिन कोसी अस्पतालमा उपचार गर्दा एक लाख रुपैयाँ सकिएको थियो,’ उनले भने, ‘घरमा लगेपछि समाजका मानिसले पुन: पैसा जम्मा गरिदिएर उपचारका लागि अस्पताल लग्न सघाए ।’

    रविन्द्रलाई बिहीबार बिहान विराटनगरस्थित ग्रीन क्रस हस्पिटल पनि लगियो तर भर्ना गर्न अस्पतालले मानेन । त्यसपछि गोल्डेन अस्पताल लगायतले पनि नमानेपछि बीपी प्रतिष्ठानमा लग्ने योजना बनाएको बुवा जोगीलालले बताए । ‘प्रतिष्ठान प्रशासनसँग सम्पर्क गर्‍यौं तर त्यहाँ पनि ज्वरो आएका बिरामीलाई भर्ना नलिने बताए,’ उनले भने, ‘रविन्द्रको शरीरको तापक्रम एक सय एक डिग्रीभन्दा बढी भएकाले कुनै पनि अस्पतालले भर्ना लिन मानेनन् ।’

    बिहान ६ बजे घरबाट एम्बुलेन्समा छोरालाई लिएर विराटनगर आइपुगेका जोगीलालले अपराह्न १२ बजेसम्म विराटनगरस्थित अस्पताल चहारेका थिए । सुनसरी प्रहरीको संयोजनमा मात्रै बीपी प्रतिष्ठान धरानले भर्ना लिएको थियो ।

    मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कुनै पनि अस्पतालले बिरामीको भर्ना नलिएको जानकारी आए तत्काल कारबाही गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑