विश्वभर कोरोना : ३१ लाख ८९ हजार संक्रमित, २ लाख २७ हजारको मृत्यु
वीरगंज संजाल
१८ बैशाख २०७७, बिहीबार ०६:३३
२७१५
विश्वभर कोरोना : ३१ लाख ८९ हजार संक्रमित, २ लाख २७ हजारको मृत्यु
काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख ८९ हजार १७ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १० लाख ३७ हजार ९ सय ७० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
त्यस्तै, स्पेनमा २ लाख ३६ हजार ८ सय ९९, इटालीमा २ लाख ३ हजार ५ सय ९१, फ्रान्समा १ लाख ६६ हजार ५ सय ४१, बेलायतमा १ लाख ६६ हजार ४ सय ४१ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख २७ हजार २ सय ४७ पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
त्यस्तै इटालीमा २७ हजार ६ सय ८२, बेलायतमा २६ हजार ९७, स्पेनमा २४ हजार २ सय ७५, फ्रान्समा २४ हजार ८७ जनाको मृत्यु भइसकेको छ।
विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या पनि बढीरहेको छ। बिहीबार बिहानसम्म ९ लाख ७१ हजार ५ सय ९९ जना निको भइसकेका छन्।
नेपालमा पनि ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।