वीरगञ्ज | कोरोना भाइरसको संक्रमण तिन जनामा मात्र पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मंत्रालयले प्रष्ट पारेको छ । यस अघि यही समाचारमा वीरगञ्जमा थप अन्य एकमा संक्रमण पुष्टि भनी समाचार लेखिएकोमा सो सत्य नरहेको प्रष्ट पार्दै असाबधानीबस समाचार प्रकाशन हुन गएकोमा क्षमा प्रार्थी छौ ।
स्वास्थ्य मंत्रालयय स्रोतले महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । तर आइतबार मात्र वीरगञ्ज ३ का सफाइ कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
उनको अर्को परिक्षण पनि पोजेटिभ आएकोमा असावधानीबस त्यसैलाई थपमा जोडिन गएकोले समाचारमा अन्यथा भएकोले सच्याइएको छ । उनकै सम्पर्कमा आएका मध्य परिक्षण हुदा आज बिहान मात्रै वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । यो संगै संक्रमीतको संख्या ५७ पुगेको स्वास्थ्य मंत्रालयले जनाएको छ ।