• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सात जना कोरोना संक्रमित दिल्लीको मुस्लिमसभाबाट फर्किएको खुलासा

  • वीरगंज संजाल
  • १७ बैशाख २०७७, बुधबार १८:०७
  • ४०४१

    वीरगन्ज |क्रान्ति शाह | पर्सा र बारामा बुधबार भेटिएका तीन जना कोरोना संक्रामित पनि भारतस्थित दिल्लीको मुस्लिम धार्मिकसभा (तबलिगी जमात)मा सहभागी भएर नेपाल फर्किएको खुलेको छ। यसअघि गत आइतबार कोरोनाको पुष्टि भएका वीरगन्जका दुइ मध्ये एक जना संक्रमित पनि दिल्लीकै तबलिगी जमातामा सहभागी भइ घर फर्किएको पुष्टि भएको थियो। त्यसअघि चैत ३० मा वीरगन्जको मस्जिदमा भेटिएका तीन जना भारतीय संक्रमित पनि दिल्लीकै तबलिगी जमातामा सहभागी नेपाल आएर बसेका थिए।

    पर्सा र बारामा अहिलेसम्म कोरोनाको संक्रमण पुष्टि भएका पाँच नेपाली र तीन भारतीय गरि आठ मध्ये सात जना दिल्लीको तबलिगी जमातमा सहभागी भइ नेपाल आएको खुलेको वीरगन्जस्थित नेपाली सेनाका चण्डी प्रसाद गणका प्रमुख सेनानी मदनजंग राणाले जानकारी दिए। बुधबार बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ का ४३ वर्षीय, बाराकै सिम्रौनगढ नगरपालिका-४ का ३१ वर्षीय र पर्साको वीरगन्ज महानगरपालिका-२ छपकैयाका ५० वर्षीय गरि तीन जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो।

     

     

    बुधबार कोरोनाको संक्रमण पुष्टि भएका बारा र पर्साका तीनै जना संक्रमित मार्च १ देखि १५ सम्म दिल्लीमा भएको तबलिगी जमातमा सहभागी भइ नेपाल फर्किएको खुलेको प्रमुख सेनानी राणाले जानकारी दिए। राणाका अनुसार , संक्रमितहरुको ट्राभल हिष्ट्री अध्ययन गर्दा उनीहरु मार्च ६ मा दिल्ली गएर धार्मिक सभामा सहभागी भई मार्च ११ अर्थात गत फागुन २८ गते नेपाल फर्किएका हुन्। यसअघि गत आइतबार वीरगन्जमा भेटिएका २ संक्रमितमध्य वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय संक्रमितसँगै बुधबार कोरोना पुष्टि भएका तीन जना संक्रमित पनि दिल्लीको तबलिगी जमातमा गएर नेपाल फर्किएको राणाले जानकारी दिए।

    गत आइतबार वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय र वीरगन्ज-३ छपकैयाका ४९ वर्षीय गरि दुइ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि सेनाले ती दुवै संक्रमितको ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङ पनि शुरु गरेको थियो। त्यसक्रममा ९१ जनाको स्वाब संकलन गरि पिसिरिआर परिक्षणका लागि सोमबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। बुधबार काठमाडौंको प्रयोगशालबााट प्राप्त ९१ जनाको रिपोर्टमध्य बारा र पर्साका तीन जनामा कोरोना  पोजिटिभ देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

    नारायणी अस्पतालमा आठ संक्रमित उपचाररत
    बुधबार कोरोना संक्रमण पुष्टि भएका तीन संक्रमितलाई पनि उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ। बाराको २ जनालाई सिमरास्थित अस्थायी कोरोना उपचार केन्द्रबाट र वीरगन्ज-२ छपकैयाका संक्रमितलाई भने सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइतबार अपरान्ह प्रहरीले एम्बुलेन्समार्फत नारायणी अस्पतालमा ल्याएको हो।

    आइतबार वीरगन्जमा भेटिएका दुई संक्रमितको ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनीहरुको सम्पर्कमा रहेको खुलेपछि आइतबार नै प्रहरीले सिम्रौनगढका संक्रमितलाई इनर्वा सिराको मस्जिदबाट र जितपुर सिमरा ७ का संक्रमितलाई उनको घरबाटै नियन्त्रणमा लिएर सिमराको अस्थायी कोरोना उपचार केन्द्रको आइसोलेसनमा राखेको थियो। वीरगन्ज-२ छपकैयाका संक्रमितलाई पनि आइतबारदेखि नै वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो।

    सिम्रौनगढका संक्रमित घर सिम्रौनगढमा भएपनि उनी लामो समयदेखि जितपुर सिमरा-१९ स्थित इनर्वासीराको मस्जिदमा मुस्लिम धर्म गुरुको रुपमा बस्दै आएका थिए। बुधबार नारायणी अस्पतालमा ल्याइएका तीनै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेसु उपाध्यायले जानकारी दिए। हाल नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या आठ पुगेको छ।annapurna post

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑