भारतमा ७ हजार कोरोना संक्रमितको उपचार, ९३७ जनाको मृत्यु
वीरगंज संजाल
१७ बैशाख २०७७, बुधबार ०६:२६
२६०१
नयाँ दिल्ली । भारतमा नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएका सात हजारभन्दा बढीको उपचार भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले मंगलबार सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ९७४ पुगेको छ ।
त्यसैगरी हालसम्म ९३७ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा एक हजार ६७४ कोरोना संक्रमित थपिएका हुन् । भारतमा लकडाउनका केही प्रावधान खुकुलो बनाइए पनि मानिसहरुलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन र सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ । भारतमा ३ मेसम्म लकडाउन जारी रहनेछ । – बीबीसी