संघका अध्यक्ष बस्नेत लक्षित समाचार भ्रामक : राष्ट्रिय युवा संघ नेपाल बारा
वीरगंज संजाल
१७ बैशाख २०७७, बुधबार ००:१८
३८०५
बारा |मनिकचन साह | राष्टिय युवा संघ नेपाल बारा शाखा ले युवा संघका इन्चार्ज महेश बस्नेतसँग जोडिएर समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादबको अपहरण सम्बन्धि भ्रामक समाचारप्रति आपत्ति जनाएको छ ।राष्टिय युवा संघ नेपाल बारा का संयोजक पुरुषोत्तम साह ले आज एक प्रेस विज्ञप्ति जारि गर्दै आपत्ति जनाएका हुन् ।राष्टिय युवा संघ नेपाल बारा शाखा ली जारी गरेको प्रेस बिज्ञप्ति को पुर्ण पाठ ।
विगत केही दिन देखि राष्ट्रिय युवा संघका नेपालका इन्चार्ज एम नेकपाका केन्द्रिय सदस्य क . महेश बस्नेत सँग जोडिएर संघिय समाजवादी पार्टिका सांसद डा . सुरेन्द्र यादवको अपहरण गरिएको भनी प्रकाशित समाचारप्रति राष्ट्रिय युवा संघ नेपाल बारा जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।
राजनितीक रुपमा स्वच्छ छवि बनाएर भक्तपुर जिल्लामा विकाश निर्माण लाई तिब्र गति दिन सफल युवा नेता क . महेश बस्नेत प्रति राजनीतिक प्रतिशोध साधेर संघिय समाजवादी पार्टिले आफ्नो फुटाउने कार्यमा लागेको भन्ने समाचार सम्प्रेषण गर्नु आफैंमा हास्यास्पद रहेको छ ।
कुनै पनि राजनीतिक पार्टिका नेता तथा कार्यकर्तासँगको भेटघाट र वार्तालाई अतिरञ्जित गरेर दुस्प्रचार गर्नु आफैमा परिपक्वता मान्न सकिन्न । त्यसमाथि संघिय समाजजवादी पार्टिका सांसद डा . सुरेन्द्र यादव आफैले यी घटनालाई ट्वीस्ट गरि राजनीतिक पूर्वाग्रह राखेर आफूलाई अपहरण गरिएको भनेर विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिदै हिडनुलाई राजनीतिक चरित्र मान्न सकिन्न ।
मलकको भविष्यका रुपमा रहेको सक्षम युवा नेतृत्व राजनीतिक पूर्वाग्रह राखेर व्यक्तिगत लान्छना लगाएर राजनीतिक घटनालाई अपराधिक स्वरुप र गन्ध दिने कुचेष्टा गर्नु आफैमा दःखद भएको भन्दै यस्ता गतिविधिलाई तत्काल बन्द गर्न राष्ट्रिय युवा संघ नेपाल बारा जिल्ला कमिटी आह्वान गर्दछ । अन्त्यमा , कुनैपनि अराजनीतिक गतिविधिको घोर भत्सर्ना गर्दै स्वच्छ राजनीतिकले नै मुलुकको भविष्यलाई अगाडी बढाउन सक्षक हुनेमा हामी सम्पूर्ण युवा विश्वस्त रहेको समेत व्यक्त गर्दछौं ।