सर्लाही | सर्लाहीको हरिपुर्वा नगरपालिका– ८ बस्तपुर बस्ने ४३ वर्षीया सैदुल खातुनको कुटपिटबाट सोमबार मृत्यु भएको छ। खातुनलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने एकै परिवारका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बच्चाहरुबीच झै–झगडा भएको विषयलाई लिएर सोही ठाउँ बस्ने ५२ वर्षीय खोधदी अन्सरीसहित परिवारका सदस्यहरुले खातुनलाई कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात थप उपचारका लागि जानकी अस्पताल जनकपुरतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।