पाईप भण्डारण गरी राखिएको गोदाममा आगलागी, १० लाखको क्षति-{पुर्न जान्कारी }
वीरगंज संजाल
१५ बैशाख २०७७, सोमबार २०:२९
३५३१
वीरगञ्ज । राजेन्द्र सिंह | वीरगञ्ज–१३ तेजारथ टोल स्थित मनकामना पाइप उद्योगको गोदाममा आगलागी भएको छ । तयारी पाइप राखिएको गोदाममा आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
पाईप भण्डारण गरी राखिएको गोदम आसपासका घरका झ्यालहरुमा सामान्य क्षति पुगेको छ । दिउँसो सवा १ बजेतिर लागेको आगो वीरगञ्ज महानगरपालिकाको २ वटा वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ३ बजे सम्म पुर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।
सञ्चालक विनय नेपालका अनुसार गोदाममा कामना र मनकामना प्लाष्टिक पाइप फ्याक्ट्रीबाट उत्पादित पाइप राखिएको थियो । ज्वलनशील पदार्थ पाइप राखिएको गोदाममा आगलागी हुँदा वीरगञ्जमा कालो धुवाँको मुस्लो देखिएको थियो ।
प्रहरीका अनुसार आगलागीबाट एक थान मोटरसाइकल समेत जलेको छ ।गोदाममा कसरी आगलागी भयो भन्नेबारेमा केही खुल्न नसकेको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको भएपनि ईलेक्टीकको तार सर्ट सकिट भएर लागलागि भएको हुन सक्ने अनुमान गरिएको छ । सयममै वारुण यन्त्र र सुरक्षाकर्मी आइपुगेकोले ठूलो क्षति हुनबाट बचेको स्थानीयले बताएका छन् ।