जनकपुरधाम | धनुषामा आइतबार राती एक महिलाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं.२ मा एक महिला आफ्नै ओछ्यानमा मृत भेटिएकी हुन् ।
गएराती खाना खाएर सुत्न गएकी स्थानीय शुभनारायण महतोकी ३० वर्षिया पत्नी सिकान्ती महतो ओछ्यानमै मृत भेटिएकी हुन् । सोमबार बिहान आफ्नै घरको ओछ्यानमा उनी मृत अवस्थामा भेटिएकी हुन् ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आफ्नो छोरा छोरीलाई सँगै राखेर सुतेकी सिकान्ती बिहान मृत भेटिएपछि परिवारले तत्कालै प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युबारे पोष्टमार्टमको रिपोर्टपछि मात्रै थप कुरा भन्न सकिने प्रहरीले जनाएको छ ।