पर्सा । सम्मानित पर्सा जिल्ला अदालतदेखि सर्वोच्च न्यायालयले गरेको फैसला विपरीत न्यायालयको गरिमामा खलल पुर्याई सिङ्गो न्यायापालिकाकै मानमर्दन हुनेगरी आफु आईजीपी बन्न नसकेको(अयोग्य भएको) कुण्ठाका कारण विगतमाझैं नौटंकीपूर्ण सस्तो लोकप्रियता पाउन मिडिया अटेंशनका लागी पूर्वडीआईजी(तत्कालीन एसपी) रमेश खरेलले Yoho TV को अन्तरवार्ता मार्फत मा. प्रभु साहमाथी लगाइएको आधारहीन लाञ्छनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
आम जनताको रगत र पसीनाबाट तलव-पेन्सन खाने तर सुनियोजित ढंगबाट जनपक्षीय एवं जनप्रिय युवा नेता क. प्रभु साहको बढ्दो लोकप्रियताबाट तरंगित केहि देशी तथा विदेशी प्रतिक्रियावादी शक्ति केन्द्रका दलाल-ऐजेन्टहरुको साँठगाँठमा देश र जनताको सेवामा सदैव समर्पित नेताहरुको राजनीतिक मानमर्दन तथा चरित्र हत्या गर्न गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनु आफैंमा खेदपूर्ण छ ।
आफ्नो पदोन्नति भए सब ठीक नभए आफु कार्यरत प्रहरी संगठनको सिस्टम नै बेठीक भएको भन्दै विभागीय अनुशासन र मर्यादा विपरीत सार्वजनिक बेईज्ज़ती र आलोचना गर्न पछि नपर्ने रमेश खरेलजस्ता अनुशासनहीन, आफुलाई राज्य र कानूनभन्दा माथी बुझ्ने, आफ्नो स्वार्थका लागी सम्मानित न्यायालयको समेत मानमर्दन गर्ने अराजक मनोविज्ञानका अवसरवादीलाई तत्काल कारवाहीको दायरामा ल्याउन नेपाल सरकारसंग जोडदार माग गर्दछु ।
राष्ट्रीय यूवा संघ नेपाल बारा
संयोजक
पुरूषोत्तम साह