नारायणी अस्पतालमा रहेका चारजना कोरोना संक्रमण आज 5 बजे डिस्चार्ज गरियो
वीरगंज संजाल
१४ बैशाख २०७७, आईतवार १७:३७
६१९९
वीरगञ्ज | वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत चार कोरोना संक्रमितको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रबार र शनिबार कोरोना संक्रमण तीनजना भारतीय नागरिक र एकजना नेपाली युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालका अनुसार अस्पतालमा उपचाररत ३७, ४४ र ५५ वर्षीय भारतीय तथा १९ वर्षीय रौतहटका एक युवाको रिपोर्ट नेगेटिभ आएको हो । योसँगै उनीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
दिलिको नुर महमद ,यसुफ्,इब्राहिम गरी तीन जना भार्तिए र एक जना नेपाली रौतहटका संक्रमित युवकलाई भने बैशाख १ गते संक्रमणको पुष्टि भएपछि बैशाख २ गते नारायणी अस्पतालमा ल्याइएको थियो |
२४ घण्टाको फरकमा गरिएका कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आज (आइतबार) ५ बजे डिस्चार्ज गरिएको छ|
२४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।
उनका अनुसार वीरगञ्जमा उपचाररत पाँचजनाको कोरोना संक्रमित जनामध्ये चारजनाको रिपोर्ट नेगेटिभ आएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन उपाध्यायका अनुसार वैशाख १० गते कोरोनाको पुष्टि भएका सर्लाहीका १४ वर्षीय बालकको रिपोर्ट भने पोजेटिभ नै आएको छ ।
वीगन्जको नारायणी अस्पतालको आईसोलेशनमा रहेका ५ जना मध्ये ४ जनालाई डिस्चार्ज गरिएको अवस्थमा थप दुईजना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेकने संख्या ५१ पुगेको छ ।
वीरगन्ज वडा नम्बर ३ छपकैया र वडा नम्बर १६ ईनर्वाका गरी दुईजना कोरोना संक्रमित भएको पुष्टी भएको हो । छपकैयाका निवासी मुस्लिम समुदायकै करिब ५० बर्षिय महानगरपालिकाकै सरसफाईकर्मी रहेका छन् भने, ईनर्वाका ५३ बर्षिय अर्का एकजना मुस्लिम समुदायका व्यक्ति कोरोना संक्रमणको पुष्टी भएको हो ।
वीगन्जको नारायणी अस्पतालको आईसोलेशनमा रहेका ५ जना मध्ये ४ जनालाई डिस्चार्ज गरिएको अवस्थमा थप दुईजना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेकने संख्या ५१ पुगेको छ ।