• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

  • वीरगंज संजाल
  • १४ बैशाख २०७७, आईतवार ०६:४९
  • ४५६१

    काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको हो ।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूूएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा झारेको जानकारी दिएका छन् । बन्दाबन्दी, परीक्षणको दायरा बढाएको, अन्तर्राष्ट्रिय उडान बन्द गरेको लगायतका कार्यप्रगतिका कारण डब्लूएचओले नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा राखेको उनले बताएका छन् ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले डब्लूूएचओले एकदेखि पाँच तहसम्म बनाएको जानकारी दिएका छन् । यसअघि तह चारमा नेपाल रहेकोमा अब त्यसलाई घटाएर तह तीनमा राखेको जानकारी दिँदै उनले कोरोनाविरुद्ध नेपालले गरेको कामका आधारमा डब्लूूएचओले उच्च जोखिममा राखेको बताएका छन् ।

     

    सार्क मुलुकका भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, माल्दिभ्स तह तीनमा छन् । पाकिस्तान तह चार र अफगानिस्तान अहिले पनि तह पाँचमा छ । तह पाँच भौतिक संरचनाका आधारमा पनि अति कमजोर हो । नेपालले पछिल्लो समय पीसीआर ¥यापिड टेस्टको दायरा ह्वात्तै बढाएको, सङ्क्रमण रोक्न लकडाउन कडाइसाथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाइका साथ लागू गरेको जस्ता कार्यको मूल्याङ्कन गरी नेपालको अवस्थामा सुधार भएको महानिर्देशक श्रेष्ठले स्पष्ट पारेका छन् । “अमेरिकामा हजारौँ मानिसको मृत्यु भएको छ”, श्रेष्ठले थप्नुभयो, “त्यहाँ डब्लूूएचओले तह एकमा राखेको छ । किनकि त्यहाँको स्वास्थ्य संरचनाले तह एकमा राखेको हो ।” नेपालले सातवटै प्रदेशमा तीव्र गतिमा प्रयोगशाला विस्तार गरेको, ७७ वटै जिल्लामा ¥यापिड परीक्षण सुरु गरेको र स्थानीय तहले पनि काम गरिरहेको जानकारी उनले दिएका छन् ।

     

    १२ जना सङ्क्रमणमुक्त यसैबीच नेपालमा हालसम्म १२ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । विराटनगरमा ३०, वीरगन्जमा पाँच, धनगढीमा एक र भरतपुरमा एक गरी ३७ जना सामान्य अवस्थामा उपचाररत छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म नौ हजार ६६६ जनाको पीसीआर परीक्षण भएको जानकारी दिएका छन् । यस्तै आरडीटीबाट ३९ हजार ६७० जनाको परीक्षण भएको छ । उहाँले क्वारेन्टाइनमा १४ हजार ७३१ जना रहेको बताएका छन् । प्रवक्ता देवकोटाले तीन जना काठमाडौँ र ८४ जना बाहिर गरी ८७ जना आइसोलेसनमा रहेको बताएका छन् । हालसम्म नेपालमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । (गोरखापत्रबाट)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑