मुनिल सप्लायर्सद्वारा कलैया महानगरपालिका वडा २३ मा ७० घर धुरीलाई राहत बितरण।
वीरगंज संजाल
१३ बैशाख २०७७, शनिबार १२:५१
३४२५
बारा | कृष्ण गुप्ता | अहिले बिश्वब्यापि फैलिएको माहामारी कोरोना भाईरस ( COVID-19) को बारेमा यहाहरु सम्पुर्णलाई अबगत नै छ ।
यो भाईरस चीन बाट उत्पन्न भएर अहिले बिश्वको १९५ देशमा फैलिरहेको छ र धेरै जसो संक्रमण र मृत्यु चीन र इटालिमा भयको छ ।
यस्तो बिकासमुक देश तथा हरेक कुरामा सम्पन्न देशमा त यो भाइरसलाई नियन्त्रण गर्न सकियन भने हाम्रो देशमा फैलियो भने केहोला अहिले जस्तो नेपालको ।
अवस्था जस्तो छ, नि केहि दिन अगाडि इटालिको अवस्था पनि त्यस्तै थियो ।
सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाइ काम नपरी बाहिर ननिस्कन भनेको थियो।
अाज सानिबार को दिन बाराको कलैया महानगरपालिका वडा २३ भतौडामा मुनिल सप्लायर्स द्वारा गाउँ भरि ७० घर धुरीलाई राहत बितरण गरिएको छ ।
अति बिपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर , असहाय जनतालाई भोकमरीको शिकार हुनबाट बच्न प्रत्येक घरधुरीलाई खाधान्नको ब्यवस्था गरेका छन ।
गरिब कामदार परिवारलाई ७ किलाे चामल, ३ किलाे अालु पियाज, दाल ५००ग्राम, नुन १किलो ।
मुनिल सप्लायर्सका म्यानेजिङ डारेक्टर अनिल गुप्ता को भनाइ छ यो लकडाउन अझैसम्म थप फेरि हामी अति बिपन्र र दैनिक ज्यालादारी गर्ने मजदुर असहाय परिवार लाई भोकमरी बाट हामी बचाउने छु।