नारायणी अस्पतालमा रहेका ४ जनाको कोभिड रिर्पाेट नेगेटिभ सोमबार डिस्चार्ज गर्ने !
वीरगंज संजाल
१३ बैशाख २०७७, शनिबार १०:११
४७८१
वीरगञ्ज । वीरगञ्जको नारायणी कोभिड अस्पतालको आइसोलेसनमा उपचार्थ रहेका पाँच जना मध्ये चारजनाको रिर्पाेट नेगेटिभ आएको छ ।
वीरगञ्ज वडा नम्बर २ छपकैयाको मक्कीजामे मस्जिदमा रहेका तीनजना, रौतहट र सर्लाहिका दुईजना गरी अहिले वीरगञ्ज नारायणी अस्पतालको आइसोलेसनमा पाँचजना भर्ना छन ।
उनिहरु मध्ये चार जनाको तीनदिन अघि पठाइएको स्वाब परिक्षणको बिहिवार रिर्पाेट नेगेटिभ आएको प्याथोलिष्ट डाक्टर निरा पाठकले बताइन ।
पछिल्लो रिर्पाेट चारैजनाको नेगेटिभ आएपछि शुक्रवार पुन स्वाब परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु काठमाण्ढौमा पठाइएको उनले बताइन ।
राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु काठमाण्ढौमा पठाइएको उनको रिपोट अब नेगेटिभ आए उनिहरुलाई सोमबार नेपाल सेनाको जिम्मा लगाउने श्रोतले जनाएको छ ।