भारतीय संक्रमितको सम्पर्कमा रहेका सबैको र्यापिड टेस्ट नेगेटिभ, अब पिसिआर परिक्षण हुने
वीरगंज संजाल
१३ बैशाख २०७७, शनिबार १०:१०
२५९५
बीरगन्ज| बीरगन्जको छपकैयामा बसेका तीन भारतीय संक्रमितको सम्पर्कमा आएका सबैको अब पिसिआर परिक्षण हुने भएको छ । पिसिआर परिक्षणका लागि बीरगन्ज महानगरपालिकाको वडा नं. २ र ३ मा हिजोबाट भिटिएम किटबाट स्वाब संकलन गर्ने काम शुरु भएको नगर प्रमुखका राजनीतिक सल्लाहकार मुकेश दुवेद्धीले जानकारी दिए ।
यसअघि, बीरगन्जको छपकैयाको मस्जिदमा बसेका तीन भारतीय नागरिकमा कोरोना देखिएपछि उनीहरु बसेको र गएको बीरगन्ज वडा नं. १, २, ३ र २६ लाई सिल गरिएको थियो । साथै, यी वडामा सोही दौरान संक्रमितको सम्पर्कमा पुगेका सबैको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको थियो ।
¥यापिड टेस्ट कोरोनाको प्रराम्भिक टेस्ट मात्र भएको र अझ ढुक्क हुनको लागि हिजोबाट पिसिआर परिक्षणको लागि स्वाब संकलन गर्न शुरु गरिएको दुवेद्धीले बताए ।
शंका लागेका लगभग २०० जनाको पिसिआर परिक्षण लागि स्वाब संकलन शुरु गरिएको उनले बताए ।
महानगरपालिका र नेपाली सेनाले संयुक्त टोलीद्वारा छपकैया पोखरी नजिकै अस्थायी क्याम्प खडा गरेर स्वाव संकलन भइरहेको दुवेद्धीले जानकारी दिए ।